१९ कार्तिक २०८३, बिहिबार

पर्वत जिल्ला अस्पतालमा असक्षम कर्मचारी, बिरामीको स्वास्थ्यमा चरम लापरबाही

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat-hospital-kusma

– गणेश गिरी

पर्वत, १४ कात्तिक । अस्पताल ब्यवस्थापन समितिको कमजोरीका कारण पर्वत जिल्ला अस्पतालको सेवाको गुणस्तर खस्कदै गएको छ ।

समितिले भर्ना गरेका कर्मचारीहरुमा विषय विज्ञता नहुँदा अस्पतालको सेवा खस्कदै गएको हो । विरामीको स्वास्थ्य उपचारका लागि विशेषज्ञ डाक्टर नेपाल सरकारले खटाएपनि ब्यवस्थापन समितिले विषय विज्ञताका कर्मचारी नखटाउँदा अस्पतालको सेवा प्रभावित भएको छ ।

district-hospital-300x221नेपाल सरकारले तोके बमोजीमका निशुःल्क वितरण हुने औषधिहरुको वितरण कक्षमा काउन्टरमा वस्ने कर्मचारी छन । मेडिकल र फार्मेसी विषय नपढेका कर्मचारीले विरामीलाई औषधि दिँदा डाक्टरको सिफारिस भन्दा बेग्लै औषधि वितरण भईरहेको रहस्य खुलेको छ । गत सोमवार जिल्ला अस्पतालको सेवा लिन पुगेका एक विरामीलाई अस्पतालका प्रमुख डा. फणिन्द्र बरालले चेकजाँच गरी औषधि लेखेर दिए । सरकारले निशुल्क वितरण गर्ने ‘एमिल्ब’ नामको १० एमजिको औषधि डाक्टरले सिफारिस गरेपनि काउन्टरका कर्मचारी सुरेश पौडेलले २५ एमजिको औषधि विरामीलाई दिए । डाक्टरको सिफारिस भन्दा बढि क्षमताको औषधि विरामीलाई दिएको बारे अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष शिव पौडेलसंग प्रतिक्रिया लिँदा उनले कर्मचारीसंग जवाफ लिने मात्र बताए । समिकिो गैर जिम्मेवारीपनका कारण काउन्टरको जिम्मेवारीका कर्मचारीले औषधि दिदाँ गल्ती भएको अस्पतालका चिकित्सक बताउँछन । ‘विषयगत ज्ञान भएका कर्मचारीलाई जिम्मेवारी दिनु गैर कानूनी हो ।’ नाम उल्लेख नगर्ने शर्तमा एक चिकित्सकले भन्छन–‘मेडिकल पसललाई यहि बिषयमा अनुगमन गर्ने हामीलाई कस्ले अनुगमन गर्छ ।’ सरकारले फार्मेसी विषय नपढेकाले औषधि विक्री वितरण गर्न नपाउने कानूनी ब्यवस्था गरेको छ । उता, जिल्ला अस्पतालमा काउन्टरसंगै राखिएका निशुल्क वितरण हुने औषधिहरु कहिले काँही अस्पतालमा खटिने प्रहरी हवल्दारले समेत दिन्छन । अस्पतालका एक कर्मचारी भन्छन–‘श्रोत भएर पनि विषय विज्ञ कर्मचारी नियुक्त नहुनु विरामीको स्वास्थ्यमा चरम लापरबाही हो ।’ अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आफूले प्रयास गरीरहे पनि त्यो नै काफी नभएको समितिका अध्यक्ष पौडेल स्विकार गर्छन । स्वास्थ्य क्षेत्रमा सानो कमजोरीले पनि ठूलो जोखिम बहन गर्नुपर्ने हुँदा त्यस तर्फ आफू सधै सजग रहेको पौडेलले बताए ।

medicile

अस्पतालका एक कर्मचारी भन्छन– ‘काउण्टरमा काम गर्ने कर्मचारी पनि प्राविधिक भएको भए यस्तो हुदैथ्यो ।’ दोहोरो जिम्मेवारी दिन पर्ने भएपछि समितिले विषयविज्ञ कर्मचारी नै नियुक्त गर्दा हुन्थ्यो उनले थपे–‘नागरिक समाजको खबरदारी पनि अस्पालमा कम पुगेको छ ।’ धनि र समान्त्र वर्ग महंगा अस्पतालमा उपचारका लागि जाने र गरिब बर्ग मात्र जिल्ला अस्पतालमा उपचारका लागि जाने भएका कारण पनि शहरीया नवधनाढ्य नागरिकहरुको खबरदारी अस्पतालमा कमी भएको उनले बताए । ‘अस्पतालमा दक्ष चिकित्सक पनि छन् श्रोत र साधन पनि छ तर त्यसको सदुपयोग भएको छैन’ पत्रकार गणेश पौडेल भन्छन–‘सञ्चार माध्यममा विषय उठेपनि त्यसको सम्बोधनमा कसैले आजसम्म गम्भिरता देखाएको छैन । ’ अस्पतालका डाक्टर सरोज दाहालले फरक औषधि परेको स्विकार गर्दै त्यसको जवाफ दिने र सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने दायित्व अस्पताल प्रमुखको भएको बताउँछन । ‘गल्ती भएकै हो’ यो विषयमा कार्यालय प्रम्ुखको धारणा नै आधिकारीक हुन्छ । उता, जनस्वास्थ्य कार्यालयका प्रमुख समेत रहेको जिल्ला अस्पतालकाका प्रमुख डाक्टर फणिन्द्र बरालले समितिले नियुक्ती गरेका कर्मचारीबाट गल्ती भएको बताउँदै त्यसलाई अवका दिनमा सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

अस्पतालमा अब प्राविधिक कर्मचारी राक्छौ: डा.बराल

काउन्टरका कर्मचारीले निशुल्क वितरण गर्नुपर्ने औषधि विरामी दिँदा गलत औषधि दिएको बारे आफू गम्भिर भएको बताउँदै पर्वत जिल्ला अस्पतालका प्रमुख डा. फणिन्द्र बरालले तत्काल ब्यवस्थापन समिति मार्फत बिषयगत कर्मचारी नियुक्तीको प्रक्रिया शुरु गरिने बताए । हस्पीटल जस्तो संवेदनशिल क्षेत्रमा मेडिकल विषयका कर्मचारी राखिनुपर्नेमा समितिले गल्ती गरेको डा. बरालले स्विाकार पनि गरे । अस्पतालको सेवा अझै प्रभावकारी बनाउन आफूले अप्रेसन सेवा शुरुवात गरेको स्मरण गर्दै दक्ष कर्मचारकिो कमीका कारण अप्रेसन सेवा समेत प्रभावित भईरहेका दोहोराए ।

‘काउन्टरका कर्मचारीलाई औषधि जिम्मा दिनु नै कमजोरी भयो’ उनी भन्छन–‘कर्मचारी नियुक्ती र जिम्मेवारी दिँदा अव हामी ध्यान दिन्छौ’ औषधि वितरणका लागि दक्ष प्राविधिक खटाउने कुरामा आफूले समितिसंग तत्काल सम्बाद गर्ने बताउँदै बरालले जनशक्ति भने अस्पतालमा अझै पनि अपुग रहेको जिकिर गरे । भएका जनशक्तिलाई ब्यवस्थित गर्ने र थप जनशक्ति ब्यवस्थापन गर्नुपर्ने अस्पतालको आवश्यकता रहेको बताउँदै बरालले औषधि नै फरक दिने कुरा स्वास्थ्य क्षेत्रमा निकै संवेदनशिल र गम्भिर रहेको उनी बताउँछन ।