२ मंसिर २०८३, बुधबार

युवा संघका लोकप्रिय नेता भट्टराईको निधन, एमाले महासचिवले झण्डा ओढाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govida-bhattrai

काठमाडौं, १४ कात्तिक । युवा संघ नेपालका लोकप्रिय नेता गोविन्द भट्टराईको निधन भएको छ ।

लामो समयदेखि ब्लड क्यान्सर रोगले ग्रसित काठमाडौंको बुढानिलकण्ठ निवासी भट्टराईको आइतबार विहान ४६ वर्षको उमेरमा निधन भएको युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिनुभयो ।

भट्टराईको अहिले विहान ११ बजेपछि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रवक्ता कटवालले बताउनुभयो ।

‘युवा संघका पुराना नेता भट्टराई युवाहरुमाझ लोकप्रिय हुनुहुन्थ्यो,’ प्रवक्ता कटवालले भन्नभुयो– ‘सानै उमेरमा विद्यार्थी छदा नै राजनीतिमा लाग्नुभएका उहाँ युवा संघमा कार्यालय विभाग प्रमुुख बन्नुभएको थियो । कर्तव्यनिष्ठ र निष्ठावान नेता भट्टराईको योगदानलाई युवा संघले कहिल्यै भुल्नेछैन् ।’