चितवन, १३ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि पेस भएको महाभियोगको प्रस्तावमा सहयोग नगरे काँग्रेस सरकारबाट बाहिरिनुपर्ने बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा रहेका दलले महाभियोगको प्रस्ताव माथि विपक्षमा मतदान गर्न नमिल्ने बताउनुभयो । सँगै सरकारमा रहेको दलले महाभियोग प्रस्ताव पेस गर्नु र अर्कोले असहयोग गर्नु नमिल्ने उहाँले बताउनुभयो । नेपाली काँग्रेसले जनभावना बुझेर निर्णय गर्नुपर्ने भन्दै उहाँले त्यो भनेको महाभियोगको प्रस्तावको पक्षमा काँग्रेस उभिनुपर्ने बताउनुभयो ।
जनता एकातर्फ काँग्रेस अर्कोतर्फ हुन नसक्ने गुरुङको भनाइ थियो । भारतीय राष्ट्रपति आउँदा घोषणा गरिएको सार्वजनिक बिदा फिर्ता लिनुपर्ने उहाँले बताउनुभयो । जनभावना विपरीत मनोमानी निर्णय सरकारले गरेको भन्दै गुरुङले रोष प्रकट गर्नुभयो । रासस













प्रतिक्रिया