१९ कार्तिक २०८३, बिहिबार

हरेक दिन कुकुर तिहार मनाउने सिर्जना, घरमा छन् २० कुकुर (फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

srijana-thakuri

काठमाडौं, १३ कात्तिक । सिर्जना ठकुरी ३ सय ६५ दिन नै कुकुर तिहार मनाउँछिन् । सानैदेखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेन गोलास्थित एक घरमा अहिले २० वटा कुकुर पालेकी छिन् ।

एउटा सिङ्गो घरमा नै उनले कुकुर पालेकी छिन् । कुनै घाइते छन् त कुनै अपाङ्ग छन् । सडकमा बेवारीसे रहेका कुकुरहरुलाई उनले साथ दिँदै आएकी छिन् । सडकमा दुख पाएर बसेको कुकुर देखेपछि उनलाई माया पलाएर आउँछ र घरमा लिएर आउँछिन् । बिरामी छ भने उपचार गर्छिन् । छोराछोरीको जस्तै हेरचाह गर्छिन् ।

यसरी बटुल्दा बटुल्दै २० वटा कुकुर जम्मा भइसकेका छन् सिर्जना भन्छिन्, ‘यीनै कुकुरको स्याहार गर्दैमा दिन बितेको पत्तो पाउँदिन ।’ कुकुर तिहारको दिन सबैले कुकुरलाई मिठो खान दिएका छन् । सडकमा भएका कुकुरको गला रङ्ग्यादिएका छन् ।

चलचित्र पशुपतिप्रसादका हनुमान जी एवं कार्तिक २६ देखि प्रर्दशनमा आउन लागेको जात्राका निर्माता रबिन्द्रसिंह बानीया पनि कुकुर तिहार मनाउन त्यहिँ पुगेका रहेछन् ।

उनले हरेक दिन कुकुर तिहार मनाइरहेकी सिर्जनालाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

srijana-thakuri-1 srijana-thakuri-2 srijana-thakuri-3 srijana-thakuri-4 srijana-thakuri-5 srijana-thakuri-6 srijana-thakuri-7 srijana-thakuri-8