
काठमाडौं, १३ कात्तिक । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतना अन्तर्गत रहेको सोलुखुम्बु जिल्लाको नाम्चेस्थित बराहदल गुल्मको शनिबार निरीक्षण गरेका छन् ।
निरीक्षणको क्रममा उनले उक्त गुल्मको बस्तुस्थिति विवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सोही अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हितमा अनुशासित, संयम एवम् पेशेवर ढङ्गले कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिए ।
निरीक्षणकै क्रममा उनले सोही जिल्लास्थित ईम्जा हिमतालको समेत अवलोकन गरे । निरीक्षण भ्रमण सम्पन्न गरी प्रधान सेनापति क्षत्री शनिबार नै काठमाण्डौ फिर्ता भएका छन् ।












प्रतिक्रिया