३१ आश्विन २०८३, शनिबार

राजीनामा दिने तयारीमा लोकमानसिंह कार्की !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing-karki

काठमाडौं, १२ कात्तिक । निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की राजीनामा दिने तयारीमा लागेका छन् ।

यसैक्रममा उनले राजीनामा दिने विषयमा आफ्ना निकटवर्तीसँग छलफल गरिरहेको सामाचारहरु बाहिर आएका छन् ।

संसद बैठक स्थगित भएको समय र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणलाई सकेसम्म आफ्नो पक्षमा पार्ने तर परिणाम सकारात्मक नदेखिएमा राजीनामा दिने निष्कर्षमा उनी पुगेका छन् ।

महाअभियोग प्रस्ताव संसदबाट पारित भएमा भावी पिढीले समेत नकारात्मक हिसाबले बुझ्ने भन्दै लोकमान राजीनामाको विकल्पमा पुगेको स्रोतको भनाई छ ।

विभिन्न ९ आरोप लगाउँदै लोकमानविरुद्ध एमाले र माओवादी केन्द्रका १५७ सांसदहरुले व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् । जसमा छलफल प्रारम्भ भएको छ । बाँकी तिहार र छठपछि टुंगो लाग्नेछ ।