उदयपुर, १३ कात्तिक । नेकपा एमाले लेखा आयोगका सदस्य एवंम पुर्वसांसद बिष्णुबहादुर राउतले नेपालको बिकासमा भारत बाधक बनेको आरोप लगाएका छन् ।
नेकपा एमाले त्रियुगा नगरकमिटी उदयपुरले शनिबार सदरमुकाम गाईघाटमा शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राउतले नेपालमा सधै अस्थिरता सृजना गरे विकास निर्माणमा अवरोध पुर्याएको बताए ।
उनले पछिल्लो उदाहरण नयाँ संबिधानलाई विफल बनाउन मधेसबादी दललाई उचालेर अस्थिरता सृजना गरेको आरोप लगाए । ‘नेपाल सधै भारतको अधिनमा रहोस भन्ने भारतको चाहना छ,’ उनले भने, ‘त्यो अधिनबाट मुक्त गराई सार्वभौ सम्पन्न नेपाली जनता बनाउन खोज्दा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढलेको हो ।’

कहिले नेपाली काँग्रेस, कहिले एकिकृत माओबादी त कहिले मधेसी मोर्चालाई उचाल्ने र फुठाउने भारतको कारण आम नेपाली जनताले हैरानी खेप्नु परेको उनको भनाई थियो । उनले नेपालको राष्ट्रिय एकता र स्वाधिनता माथि पटक पटक आक्रमण गर्दासमेत काँग्रेस, माओबादी र मधेसी मोर्चा विपक्षमा उभिन नसकेको बताउँदै राष्ट्रिय एकता र स्वाधिनताको सवालमा टडेर लडनु पर्ने सुझाब दिए ।
फरक प्रशंगमा उनले पछिल्लो समय राजनीतिमा विचार शुन्यता आउँदा जातिय, क्षेत्रीय र व्यक्तिय राजनीति हावी भएको बताए । त्यसैगरी एमाले सांसद मन्जुकुमारी चौधरीले केपी ओली नेतृत्वको सरकार अहिलेसम्मकै उत्कृष्ट सरकार भएको दावि गरिन् ।
राष्ट्रिय स्वाधिनता, विकास निर्माणमा ओली नेतृत्वको सरकारले खेलेको भुमिका प्रशंसयोग्य भएको बताउँदै उनले एमालेका कार्यकर्ता अव कोहीसँग शिर झुकाउनु पर्ने, केहि काम गरेन भनेर चुपचाप बस्नु पर्ने अबश्था नभएको बताए । कार्यक्रममा नगर क्षेत्रका कार्यकर्ता र एमाले नेताहरुको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया