१९ कार्तिक २०८३, बिहिबार

चैतसम्म निर्वाचन नभए संविधान समाप्त हुन्छ : खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congress– नवराज श्रेष्ठ

रापेछाप, १३ कात्तिक । कांग्रेस सांसद शिवबहादुर खड्काले आगामी चैत मसान्तसम्म स्थानीय निकायको निर्वाचन हुन नसके अहिलेको संविधाननै कोल्याप्स हुने बताएका छन् । संविधान बनेपनि त्यसभित्रका अन्य कानुनहरु बन्न बाँकि रहेकाले त्यसमा सबैले संयमता अपनाउनुपर्नेमा उनले जाड दिए ।

रामेछाप सदरमुकाम मन्थलीमा युएसएड र द यसिया फाउण्डेसनको आर्थिक सहयोगमा ईन्हुरेन्ट ईन्टरनेशनलले गरेको लैङ्गीक सशक्तिकरण तथा सामाजिक समावेशीकरणका बिषयमा जिल्लाका सांसदहरुसँगको सम्वाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

अहिले संविधान कार्यान्वयनमा जटिलता सिर्जना भएको उनले बताए । अब बन्ने कानुनमा महिला ,दलित र पिछडिएका वर्ग सबैको अधिकारलाई समेट्न सकिने उनले बताए । अब कानुन बनाउन ३ महिनाको समय बाँकि रहेकाले यसमा सबैले सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमा बोल्दै नेकपा एमालेकी सांसद कमला सुवेदी घिमिरेले देश अझै गम्भिर समस्यामा रहेको बताइन् । उनले महिलाका अधिकारहरु अहिले पनि संरक्षण हुननसकेको बताइन् । महिला सुरक्षित नभएसम्म उनीहरुले आफू माथिको हिँसा विरुद्ध कुरा उठान नसक्ने भएकोले यसको लागि महिलाको संरक्षण गृह जरुरी रहेको उनले बताइन् । उनले रामेछापमा कुनै पनि हालतमा महिला संरक्षण गृह बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

संरक्षण गृह नहुँदा पीडामा परेका महिला समस्यामा परेकोले यसका लागि आफू लागि पर्ने उनले बताइन् । उनले जिल्लाका २ क्षेत्रका लागि साँसद कोषबाट ६ करोड बजेट आएकाले जताबाट जसरी भएपनि संरक्षण गृह बनाएरै छाड्ने बताइन् । संरक्षण गृह कहाँ, कसरी बनाउने भन्ने सहमती गर्न जिल्लाका राजनैतिकदहरुलाई उनले आग्रह समेत गरिन् ।

अहिलेको संविधानमा महिला सहभागिता ३३ प्रतिसत हुनुपर्छ भन्ने कुरा उल्लेख भएपनि दलितका बारेमा भने केहि कुरा उल्लेख नभएको उनले बताइन् । यसलाई हेर्दा संविधानले महिलाका लागी धेरै कुरा दिएपनि दलितका लागी भने केहि गर्न अझै बाँकि रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका सभापती लवश्री न्यौपानेले दलित र गैरदलित बिचमा भन्दा पनि दलित दलित बिचमा छुवाछुतको अवस्था डरलाग्दो रहेको बताए । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले महिला र दलितलाई राजनीतिमा पहुँच पु-याउनका लागी सबैभन्दा पहिले उनीहरुको आर्थिक उन्नती हुन जरुरी रहेको बताए ।

कार्यक्रममा नेकपा माआवादी केन्द्रका केन्द्रीय आयोजक समितिका सदस्य मदन कुमार कालिकोटेले महिला र दलितका समस्याको स्थानीय स्थरबाटै समाधान खोज्नुपर्ने बताए ।

कार्यक्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रामचन्द्र कँडेल, राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष केशव प्रसाद दाहाल ,नेकपा मालेका सचिव ओमबाबु पुरी लगाएतले दलित र महिलाका सवालमा जिल्लामा भएका गतिबिधिहरुका बारेमा बोलेका थिए ।