३१ आश्विन २०८३, शनिबार

बिदा निर्णयबारे प्रधानमन्त्रीले ‘दोष’ लाएपछि राष्ट्रपति कार्यालयले गर्यो खण्डन

138.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibas

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने सरकारको निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा गरिएको बताएपछि राष्ट्रपति कार्यालयले खण्डन गरेको छ ।

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने निर्णयको सवत्र आलोचना भएपछि प्रधानमन्त्री दाहालले शुक्रबार अख्तियार प्रमुखविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव पारित गर्न दबाब दिंदै आएका संयुक्त विद्यार्थी आन्दोलनका प्रतिनिधिसँग भेट्दै सो निर्णय राष्ट्रपति भण्डारीको प्रस्तावमा भएको दोषारोपण गरेका थिए ।

तर, राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीबाट त्यस्तो अभिब्यक्ति आएकोमा आश्चर्य व्यक्त गरेको छ । ‘भ्रमणको तयारी कसरी गर्ने विदा दिने कि नदिने, ब्यवस्थापन कसरी गर्ने भन्ने निर्णय नेपाल सरकारले गर्ने हो,’ राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘यो राष्ट्रपति कार्यालयसँग सम्बन्धित विषय होइन ।’

विहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको दिन कात्तिक १७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । विदा दिने निर्णयको सामाजिक सञ्जालमा ब्यापक आलोचना भएपछि प्रधानमन्त्री दाहालले त्यसको दोष राष्ट्रपतिलाई दिएका हुन् ।