काठमाडौं, १२ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण विकास सहायता समन्वय तथा सहजीकरण समितिको पहिलो बैठक सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा बस्यो ।
बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा समितिका संयोजक सुशील ज्ञवालीले पुनर्निर्माणमा भएका प्रगति र त्यसमा देखा परेका चुनौतीबारे प्रस्तुति गर्नु भएको थियो ।
बैठकमा सहभागीहरुले समितिको गठन भई यस प्रकारको संरचनाको व्यवस्थाले आगामी समयमा वैदेशिक सहायता परिचालन, समन्वय तथा सहजीकरणका लागि विभिन्न सुझावहरु प्रस्तुत गर्नु भएको थियो ।
बैठकमा भारतीय सरकारका प्रतिनिधि, चिनियाँ दूतावासका अधिकारी, विश्व वैंक र एसियाली विकास बैंकका नेपालस्थित प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ, गैरसरकारी संस्था संघका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि, अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय योजना आयोग, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।
उक्त बैठकले प्रत्येक दुई महिनाको कम्तिमा एकपटक उक्त समितिको बैठक बस्ने निर्णय गरेको छ भने समितिको कार्यविधि तथा संरचनाको सम्बन्धमा आवश्यक गृहकार्य गरी आगामी बैठकमा पेश गर्ने निर्णय गरेको छ ।
यस समितिको गठनले भूकम्प पश्चात्को पुनर्निर्माण तथा पुनस्र्थापनामा भैरहेको वैदेशिक लगानीलाई प्रभावकारी र पारदर्शी बनाउनुका साथै थप वित्तीय श्रोत परिचालनमा सहयोग पु¥याउने विश्वास लिइएको छ ।
पुनर्निर्माण तथा पुनस्र्थापना कार्यका निम्ति भूकम्प लगत्तै भएको अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त भएको मध्ये हालसम्म करिव २७८ अर्ब रुपैयाँ सहयोगका निम्ति विभिन्न सरकार एवं दातृ निकायहरुसँग सम्झौता सम्पन्न भइसकेको छ भने पुनर्निर्माण सम्बन्धी कार्यमा हाल भइरहेको प्रगतिबाट दातृ समुदाय उत्साहित भएको छ ।
सचिव अधिकारीलाई बिदाई
जल तथा उर्जा आयोगमा सरुवा हुनु भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई बिदाई गरिएको छ । प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा निमित्त सचिव रामप्रसाद थपलियाले उहाँलाई बिदाई गर्नु भएको हो ।
कार्यक्रममा सचिव अधिकारीले प्राधिकरण स्थापना भएदेखि आफूले काम गर्ने अवसर पाएको र अहिलेसम्म आइपुग्दा आलोचनाका दिन गएर जस लिने दिन आएको बताउनुभयो । उहाँले वृत्ति विकास अन्तर्गत सरुवा हुनु स्वभाविक भएपनि प्राधिरकणमा आएपछि आफू सचिव भएको नाताले प्राधिकरण आफ्नो जन्म घर जस्तो भएको बताउनुभयो । सचिव अधिकारीले प्राधिकरणलाई अघि बढाउन साथ दिने सबैलाई धन्यवाद दिनुभयो ।
सो अवसरमा कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरण स्थापनादेखि सचिव अधिकारीले गर्नु भएको मेहनतको प्राधिरकणले सधै स्मरण गर्ने बताउनुभयो । उहाँ लगायत सम्पूर्ण कर्मचारी एवं सरोकारवाला संस्थाहरुले प्राधिरकणलाई निकै मेहनेत र दुःख गरेर हुर्काएकाले नै अहिलेसम्म आउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेपालमा पुनर्निर्माण हुन्छ भन्ने आत्मविश्वास जागेको छ, भन्नुभयो ।













प्रतिक्रिया