उदयपुर, १२ कात्तिक । उदयपुरमा स्थानीय तह पुर्नसंरचनाको काम अन्तिमचरणमा पुगेको छ ।
शुक्रबार जिल्ला बिकास समितिको सभाहलमा स्थानीय विकास अधिकारी गणेश दाहालको संयोजकत्वमा गठित प्राविधिक समिति, राजनीतिक दल र सम्बन्धित निकायका प्रमुखहरु सम्मिलित बैठकले ८ वटा स्थानीय तह र त्यसका केन्द्र तय गरेपनि तत्काल वाहिर ल्याए विरोध आउन सक्नेभन्दै अन्तिमचरणमा पुगेको बताएकाछन् ।
दलहरु विच भएको सहमतिअनुसार ४ नगरपालिका र ४ गाउँपालिका बन्ने भएको छ । यधपि भएको सहमति वाहिर ल्याइएको छैन् । स्थानीय तहको पुनर्सचना आयोगले उदयपुरलाई ५ देखि ८ वटा माग गरेकाले दलहरु सहमतिको नजिक मात्र पुगेको स्थानीय विकास अधिकारी तथा स्थानीय तह प्रविधिक सहयोग समितिका संयोजक गणेश दाहालले बताए ।
‘दलहरुले ८ वटा बनाउन सुझाव दिएका छन् ।’ संयोजक दहालले भने, ‘त्यसैको आधारमा आगामी २० गते अन्तिम रुप दिएर सार्वजानिक गर्छौ ।’ सार्वजनिक नगरिकन कसैले पनि स्थानीय तहको टुङगो नलाग्ने दहालको भनाई छ ।
यता राजनीतिक दलहरुले ८ वटा स्थानीय तह हुने भन्दै बाँकी २० गते थाहा पाईने बताउँदै आएका छन् । सहभागि नेकपा एमालेका नेता इश्वमणी राउतले ८ स्थानीय तहमा सहमत भएको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्र उदयपरका नेता तथा पुर्व सभासद मोहनबहादुर खत्री दिपकले जिल्लाको ११ नम्वर इलाकालाई छुट्टै स्थानीय तहमा माग गर्दै ८ वटामा हस्ताक्षर गरेको जानकारी दिए । ‘भुगोलको आधारमा ११ नम्वर इलाकामा पर्ने सोरुङ छविसे, लिम्पाटार, हर्देनी, लेखानी र मायँखुलाई एउटा स्थानीय तह बनाउनु पर्छ ।’ नेता खत्रीले भने, ‘त्यो भुगोललाई टुक्राउँदा भोलिका दिनमा समस्या हुने भएकाले माओवादी केन्द्रको फरक मत हो ।’
दलका स्थानीय कार्याकर्ताबाट बिरोध आउने भएकाले दलका नेताको आग्रहमा जिविसले सिमाङकन बिबरण सार्वजानिक नगरेको जिविसले स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार ठोक्सिला केन्द्र बनाई वेलका नगरपलिकामा मैनामैनी, कटुञ्जेबबला, रामपुर ठोक्सिला र तपेश्वरी गाबिस, बेल्टार केन्द्र हुने गरी हडिया, सुन्दरपुर, सिद्धिपुर, चौदण्डी र बेल्टार बसाहा नगरपालिकालाई चौदण्डीगढी नगरपालिका नामकरण गरिएको छ ।
गाईघाट केन्द्र हुने गरी जोगिदह, साउने, खाँबु, जाल्पा चिलाउने र त्रियुगा नगरपालिका, यसैगरी कटारी केन्द्र बनाउने गरी लिम्पाटार, सोरुङ, रिस्कु, हर्देनी, मयाँखु, लेखानी, सिरिसे र कटारी नगरपालिकालाई कटारी नगरपालिका नै नामकरण गरिएको छ ।
त्यस्तै भुट्टार केन्द्र रहने गरी भुट्टार, पोखरी, आँपटार, नामेटार, लापागाँउ र रौता गाविसलाई रौतामाई गाँउपालिका, बार केन्द्र रहने गरी बारा बाँसबोटे, ताम्लिछा, बलम्ता र जाँते गाविसलाई सुनकोसी गाँउपलिका, रुपाटार केन्द्र रहने गरी ठाँनागाँउ, रुपाटार, ओख्ले, इनामे, लेखगाँउ गाबिसलाई ताप्ली गाँउपालिका, यसैगरी उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढी केन्द्र बनाई तावाश्री, बर्रे, डुम्रे, पञ्चावती, भलायडाँडाँ गाबिसलाई गढी गाँउपालिका बनाउने सहमति भएको छ ।
साविकको कटारी नगरपालिकालाई नयाँ मापदण्ड अनुसार नगरपलिका नै कायम गर्न जनसंख्या अपुग भएकाले एक नगरपालिकामा ७ गाविस समावेश गरिएको हो । जसमा सोरुङछविसे, लिम्पाटार, हर्देनी, लेखानी र मयाँखुलाईलाई छुट्टै गाँउपालिका बनाउन माग गरिएको थियो ।












प्रतिक्रिया