३१ आश्विन २०८३, शनिबार

माछिमी युनाईटेडले जित्यो दोस्रो रुकुम कप फुटबलको उपाधि

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football-rukum– अमरराज पुन

रुकुम, १२ कात्तिक । सर्वाधिक पुरस्कार राशि भएको दोस्रो रुकुम कप फुटबल प्रतियोगिताको फाईनल खेलको उपाधि माछिमी यूनाईटेड, रुकुमले जितेको छ ।

बिहिबार बेलुकी सम्पन्न फाईनल खेलमा निर्धारित समयसम्म दुवै समुहबाट गोल नहुँदा माछिमी यूनाईटेडले सिद्धगुफा सल्ले, रुकुुमलाई पेनाल्टी सुट आउटमा ४—१ को गोल अन्तरले हराएको हो । प्रतियोगितामा उपाधि उचाल्दै माछिमी यूनाईटेडले ८० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उपविजेतामा चित्त बुझाएको सिद्धगुफा सल्ले रुकुमले ५० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सेमीफाईनल चरणमा पुग्ने दुई समुह प्रफी यातायात रुकुम र रुक्मेणी मा.वि. समुह ‘ए’ ले २०÷२० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै प्रतियोगिताको खेल अवधिभर ८ गोल गरेका माछिमी यूनाईटेडका कमल के.सी. वेष्ट प्लेयरको रुपमा घोषित हुँदै उन्ले ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा रुक्मेणी मा.वि. ‘ए’ का विकास थापा वेष्ट डिफेन्डर बन्दै उन्ले पनि ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् भने माछिमी यूनाईटेडका विष्णु के.सी. वेष्ट गोलकिपरको रुपमा घोषित भएका छन् । उनले ३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् ।

त्यस्तै माछिमी यूनाईटेडकै किरण के.सी. वेष्ट मिडफिल्डरमा घोषित बन्दै उन्ले ३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सिद्धगुफा सल्ले रुकुमका संकेत बुढाथोकी वेष्ट युथ प्लेयर बन्दै ३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा ८ गोल गरेका रुक्मेणी मावि समुह ‘ए’ का सनम् बुढाथोकी वेष्ट फरवार्ड बन्दै उनले पनि ३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा झूल्खेत स्टेड समुह अनुशासित टोलीको रुपमा घोषित बन्दै ३ हजार नगद र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि प्रायोजकको रुपमा रोयल सिङ्गे होटल दरवारमार्ग काठमाडौं, हिल साईड प्रपर्टि दाङ्ग, घोराही र रुक्मेणी मा.वि. रुकुमकोट, रुकुमले सहयोग गरेका थिए । त्यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) र जिल्ला खेलकुद, फुटबल तदर्थ समितिले पनि केहि आर्थिक सहयोग गरेको आयोजकले बताएको छ । प्रतियोगितामा विजेता तथा उपविजेता लगायतका खेलाडीहरुले विभिन्न विधामा पाएको नगद पुरस्कार राशिमा संस्थाले केही करकट्टी गरेर नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएकोे छ ।

समृद्ध समाज नेपालको आयोजनामा शहिद स्मृति रुक्मिणी रंगशाला रुकुमकोट रुकुममा उक्त खेल यहि कार्तिक ७ गतेबाट सुरु भएकोे थियो । प्रतियोगितामा ११ समुहले सहभागिता जनाएका थिए । खेल समापनका प्रमुख अतिथि रुकुमका स्थानिय विकास अधिकारी नरेन्द्र कुमार रानाले समृद्ध समाज नेपालले जिल्लाको खेल विकासका लागि पु¥याएको योगदानको उच्च कदर गर्दै सो संस्थाले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो ।

रुकुम जिल्लामा समृद्ध समाज नेपालले यसअघि जिल्लामा सर्वाधिक पुरस्कार राशिका खेलकुद प्रतियोगिता सम्पन्न गर्ने क्रममा पुरुष–महिला अन्र्तगत भलिबल, फुटबल, गूरिल्ला म्याराथन दौड, र अन्तराष्ट्रिय चेस प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ । आयोजकले बताए अनुसार अब फेरी समृद्ध समाज नेपालको आयोजनामा यसै वर्षको आगामी पुस महिनामा दोस्रो महिला जिविस भलिबल कप प्रतियोगिता रुकुममा हुने भएको छ ।

समग्र खेलकुद क्षेत्रको विकास संगै जिल्लाको पर्यटन, शैक्षिक तथा आर्थिक समृद्धिका लागि पनि समृद्ध समाज नेपालले सामाजिक रुपान्तरणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेको समृद्ध समाज नेपालका अध्यक्ष सुवोध सिर्पालीले बताउनुभयो ।

स्मरण रहोस् गत वर्षको प्रथम जिविस कप प्रतियोगिताको संस्करणमा अहिलेको विजेता टोली माछिमी युनाईटेड यसपटकको उपविजेता बनेको सिद्धगुफा सल्लेको समुहबाट पेनाल्टी सुट आउटमै पराजित भएको थियो ।