काठमाडौं, १२ कात्तिक । डाक्टर भगवान कोइरालाले भारतीय राष्ट्रपतिको भ्रमणका क्रममा सार्वजनिक विदा दिने सरकारको निर्णयको विरोध गरेका छन् ।
विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा मन्त्रिपरिषद बैठकले गरेको उक्त निर्णयको डा कोइरालाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत विरोध गर्दै तुरुन्त सच्याउन माग गरेका छन् ।
उनले भनेका छन्– ‘अरु देशका प्रमुख आउँदा विदा दिने निर्णय वाहियात हो । तुरुन्त सच्याउ ।’
सरकारका निर्णयमा कमै मात्र प्रतिक्रिया जनाउने डा कोइराला यसपटक प्रचण्डले सम्हालेको सरकारबाट भएको विदा दिने निर्णयको खुलेरै विरोधमा उत्रिएका हुन् ।













प्रतिक्रिया