३१ आश्विन २०८३, शनिबार

भारतीय राष्ट्रपतिको भ्रमणमा विदा दिने निर्णय कुनै हालतमा फिर्ता हुन्न्ः प्रधानमन्त्री

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachand

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणमा सरकारले गरेको सार्वजनिक विदा दिने निर्णय कुनै हालतमा फिर्ता नहुने बताएका छन् ।

लोकमानविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दबाब दिन सिंहदरवार पुगेका संयुक्त विद्यार्थी संगठनका नेताहरुसँगको भेटमा शुक्रबार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चाहना र दलहरुको छलफलबाट विदाको निर्णय लिइएको दाबी गर्दै अब फिर्ता हुननसक्ने स्पष्ट पारेका हुन् ।

भेटमा सहभागी एक नेताका अनुसार भ्रमणको क्रममा काठमाडौंको ट्राफिक व्यवस्था भद्रगोल हुने र जनता रिसाउन सक्ने अवस्थाबाट जोगिने आफुले उक्त निर्णय गरेको सुनाएका थिए ।

विहीबार प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले भारत र चीनका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसको चौतर्फी आलोचना भइरहेको छ ।