१९ कार्तिक २०८३, बिहिबार

ठूलो परिमाणमा लागुऔषध चरेस बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजविराज, १२ कात्तिक । सशस्त्र प्रहरीले सप्तरीको मानराजाबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेस बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय राजविराजबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लगिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा मानराजा– ५ बाट एक किलोका दरले पाँच प्याकेट लागुऔषध चरेस बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक जयबहादुर खड्काले बताउनुभयो ।

चेकजाँचका क्रममा सशस्त्र प्रहरी जवान अरुणकुमार यादवको औंँला टोकेर तस्कर भागेको सशस्त्र प्रहरी जनाएको छ । चरेस ओसारपोसार गर्ने तस्कर भागे पनि उनको पहिचान भइसकेको प्रहरी उपरीक्षक खडकाले बताउनुभयो ।

फरार तस्करको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । रासस