काठमाडौँ, १२ कात्तिक । ब्राजिलका लागि नेपाली राजदूत ताराप्रसाद पोखरेलले ब्रासिलियास्थित राष्ट्रपति प्रासादमा आज आयोजित विशेष समारोहमा त्यहाँका राष्ट्रपति मिसेल टेमरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।
त्यस अवसरमा राजदूत पोखरेलले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति टेमरको सुख, सुस्वास्थ्यका साथै ब्राजिलका जनताको निरन्तर प्रगति, समृद्धि र शान्तिको कामना गर्नुभयो ।
ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात् भएको शिष्टाचार भेटमा राष्ट्रपति टेमरले हालै भारतको गोवामा ‘ब्रिक्स–बिम्स्टेक आउटरिच समिट’मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताको स्मरण गराउनुभएको ब्रासिलियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
ब्रिक्स–बिम्स्टेकजस्ता क्षेत्रीय सम्मेलनका माध्यमबाट द्विपक्षीय एवम् क्षेत्रीय सहयोग प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास राजदूत पोखरेलले व्यक्त गर्नुभएको थियो । रासस












प्रतिक्रिया