१ मंसिर २०८३, मंगलबार

लोकमानको समर्थनमा आइपुग्यो अर्को दल ! प्रधानमन्त्रीले सहमति तोडेको ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajkishwor-yadav-foram-ganatantrikकाठमाडौं, १२ कात्तिक । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले लोकमान सिंह कार्कीको महाअभियोग प्रकरणले संविधान संशोधनसहितका मुलुकका जल्दाबल्दा समस्या ओझेलमा पार्ने षड्यन्त्र भएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

दैनिक नेपाल डटकमसँग शुक्रबार कुरागर्दै गणतान्त्रिक फोरमका अध्यक्ष यादवले अहिलेको मुलुकको राजनीतिक अवस्थामा महाअभियोग प्रकरण आवश्यक नरहेको बताउनुभयो । ‘मुलुकको अहिलेको आवश्यक्ता संविधान कार्यान्वयन हो । चुनाव समयमा गर्नु हो’, उहाँले भन्नुभयो, ‘त्यसका लागि पहिला संविधान संशोधन गर्नु पर्छ । सीमाङ्कनका कुरा मिलाउनु पर्छ । त्यसपछि संविधान कार्यान्वयन र चुनावमा जानु पर्ने हो ।’

उहाँले लोकमान सिंह कार्की प्रकरणलाई ‘कु’ बेला अगाडि सारिएको बताउनुभयो । ‘लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगका पक्षमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक छैन’, उहाँले भन्नुभयो, ‘यो हाम्रो सरोकारको विषय पनि होइन । हामीसँग सल्लाह पनि गरिएको छैन ।’ गणतान्त्रिक फोरमको यो निर्णयले लोकमान सिंह कार्कीलाई थोरै भए पनि राहत मिलेको छ ।

महाअभियोग ल्याउँदा प्रधानमन्त्रीले मधेसी मोर्चा र गठबन्धनसँग कुनै पनि प्रकारको छलफल नगरेको बताउनुभयो । माओवादी केन्द्रलाई एमालेले फसाएको अध्यक्ष यादवको दाबी थियो ।

सरकार गठनका बेला मधेसी मोर्चासँग भएको तीन बुँदे सहमतिलाई प्रधानमन्त्री पुष्पकमल दाहालले भुलेको बताउनुभएका फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भन्नुभयो, ‘माओवादी र कांग्रेसले अहिल नै संविधान संशोधन गरेर हाम्रा माग पूरा गर्छन् भन्ने विश्वास लाग्न छाड्यो । अब छठपछि बैठक बसेर मधेसी मोर्चा र संघीय गठबन्धनले आन्दोलन अगाडि बढाउनुको बिकल्प छैन ।’

उहाँले अब नयाँ किसिमको आन्दोलन चालउने उल्लखे गर्नुभयो । ‘आन्दोलन नयाँ ढंगले चल्नेछ’, अध्यक्ष यादवले भन्नुभयो, ‘अबको आन्दोलन अन्तिम हुनेछ ।’

संघीय गठबन्धन र मधेसी मोर्चावीच बिबाद छ रे नि ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘अहिले कुनै बिबाद छैन । बेलाबेलामा सानोतिनो असन्तुष्टि देखिने गरेको मात्रै हो । मधेसी जनताको अधिकारका लागि हामी एकबद्ध छौँ । आशंका गर्नुपर्ने कुनै आवश्यक्ता छैन ।’