काठमाडौं, २७ कात्तिक । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले संघीय गठबन्धनको बैठकमा आफ्ना कुनै पनि प्रतिनिधि नपठाएको खुलासा भएको छ ।
गठबन्धन उच्च स्रोतका अनुसार अध्यक्ष झाले आफू बिहीबारको बैठकका दिन रौतहट जिल्लामा रहेको भन्दै खबर पठाएका थिए । झा आफै उपस्थित हुन नसके पनि प्रतिनिधि भने बैठकमा पठाउनु पर्ने हो । तर उनले त्यसो गरेनन् ।
संघीय गठबन्धनभित्र भएको खटपटलाई अध्यक्ष झाले पनि समर्थन गरेका हुन् कि भन्ने आशंका उब्जिएको छ ।
हुन त संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् गठबन्धनका संयोजक उपेन्द्र यादवसँग सद्भावना अध्यक्ष राजेन्द्र महतोको व्यक्तिगत टकराव हुँदै आएको छ ।
यादव र महतोवीचको टकराव भइरहेका बेला झाले पनि गठबन्धनको बैठकमा प्रतिनिधि नपठाएर असन्तुष्टि जनाएको आरोप लागेको छ ।











प्रतिक्रिया