१९ कार्तिक २०८३, बिहिबार

एमाले रुपन्देहीको नेतृत्व सर्वसम्मत, अध्यक्षमा सुवेदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-logo– नरेश केसी

भैरहवा, ११ कात्तिक । नेकपा एमाले रुपन्देहीको आठौं अधिवेशन नयां नेतृत्व चयन गर्दै विहीबार सकिएको छ ।

कार्तिक ६ गते शनिबारबाट शुरु भएको अधिवेशन पदाधिकारी र केही सदस्यमा सर्वसम्मत र अन्य सदस्यमा निर्वाचन मार्फत नयां नेतृत्व चयन गर्दै विहीबार सकिएको हो ।

नेतृत्वले बुधबार विहान सम्म सबै पद सर्वसम्मत गर्ने तयारी गरेता पनि सदस्य पदमा धेरै जना आकांक्षी भएपछि चुनाबी प्रक्रियाबाट नेतृत्व चयन गरेको हो । जम्मा ८ सय ८४ मतदाता सदस्य रहेको रुपन्देही एमाले प्रतिनिधी मध्ये ८ सय ४ जनाले मतदान गरेका थिए ।

बुधबार दिउंसो २ बजे मतदान सम्पन्न भई सांझ देखी मतगणना गरी विहीबार विहान सम्म भएको मतगणना अनुसार विभिन्न पदीय सदस्यमा गरी ७५ सदस्यीय एमाले रुपन्देहीको नयां नेतृत्व निर्वाचित भएको निर्वाचन अधिकृत धर्मराज खड्काले जानकारी दिएका छन् । निर्वाचन अघि नै एमाले नेतृत्वले अध्यक्षमा शिवराज सुवेदी, उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिबमा जायश्वरी चौधरी र उपसचिवमा गोपाल रानालाई सर्वसम्मत गरेको थियो । यसैगरी खुल्ला तर्फको ८ सदस्यमा हितराज पन्थि, यज्ञ गैरे, युवराज घिमिरे, सिद्धीचरण भट्टराई, तेजेन्द्र के.सी, बासुदेव घिमिरे, नरबहादुर घर्ति, खेम प्रसाद लुइटेल पनि सर्वसम्मत भएका छन् ।

मतगणना परिणाम अनुसार भुगोल तर्फ क्षेत्र नम्बर १ बाट जिल्ला सदस्यमा ऋषीराम सापकोटा, बेद गिरी, प्रकाश अर्याल, लक्ष्मी थापा र बैकल्पिक सदस्यमा यम राना निर्वाचित भएका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ बाट अयोध्या थारु, हरि अधिकारी ,जीवलाल अर्याल, उमा काफ्ले र बैकल्पिक सदस्यमा धर्मराज गिरी निर्वाचित हुनुभएको छ ।

क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्यमा मोहन चापागाई, रामप्रसाद रेग्मी, श्यामलाल खरेल, अबिराम बि.क, जमुना लम्साल र बैकल्पिक सदस्यमा दधि न्यौपाने निर्वाचित हुनुभएको छ ।

क्षेत्र नम्बर ४ मा चित्रबहादुर केसी, ऋषिराम पाण्डे, ध्रुव आचार्य, बाबुराम पन्थी, मिन प्रसाद पौडेल, कमला वि.क. र बैकल्पिक सदस्यमा नेत्र बहादुर कार्की बिजयी हुनुभएको छ ।

त्यस्तै क्षेत्र नम्बर ५ मा जिवनाथ पाण्डे, कृष्ण प्रसाद घिमिरे, मिनप्रसाद घिमिरे र बैकल्पिक सदस्यमा भरतमणी सापकोटा निर्वाचित हुनुभएको छ । सो क्षेत्रबाट महिला सदस्यमा शोभा ज्ञवाली निर्बिरोेध हुनुभएको छ ।

क्षेत्र नम्बर ६ बाट बिन्ध्याचल यादव, साधुशरण सहानी र बैकल्पिक सदस्यमा कमलेश यादव निर्बिरोध हुनुभएको छ ।

क्षेत्र नम्बर ७ बाट रामचन्द्र यादव, सिक्चन यादव र लक्ष्मी मिश्रा निर्वाचित हुनुभएको छ ।

पेशागत तर्फबाट डिजाइन थापा, यज्ञमुर्ती भण्डारी, समावेशी महिला तर्फ पम्फावती खनाल, ममता पौडेल, शुशिला क्षेत्री न्यौपाने, सरिता श्रीष, र ज्ञानु के.सी निर्वाचत हुनुभएको छ । समावेशी महिलातर्फ बैकल्पिक सदस्यमा उमा अधिकारी र देवी वाग्ले निर्वाचित हुनुभयो ।

समावेशी क्षेत्र ः आदिवासी जनजातीतर्फ खक प्रसाद पुन, चिनबहादुर गुरुङ्ग, धन कुवेर बुढाथोकी, नरसिंह चौधरी, सोहन प्रसाद चौधरी, थान कुमारी थापा, विना राना, र बैकल्पिकमा पवित्रा श्रेष्ठ निर्वाचित हुनुभयो ।

मजदुरतर्फबाट दिनेश फुल्लेल, हुमाकान्त काफ्ले र दुर्गा कार्की निर्वाचित हुनुएको छ ।

त्यस्तै जिल्ला सदस्यमा ईन्द्रजीत यादव, सञ्जय कुमार गुप्ता, जलिल मिया, लाल मोहम्मद पठान, तेज प्रसाद सेन्चुरी, प्रेम कुमार सेन्चुरी, र माया बराल निर्वाचित हुनुभएको छ ।

जिल्ला निर्वाचन कमिटि अध्यक्षमा डा. इश्वर गौतम र लेखा परिक्षण कमिटि अध्यक्षमा शंकर पहारी (शर्मा) निर्बिरोध हुनुभयो ।

गत शनिबार बाट भैरहवामा चलेको अधिवेशनले पदाधिकारी र खुल्ला सदस्य सहित केहि पदमा निर्विरोध निर्वाचित गरेको थियो ।