३१ आश्विन २०८३, शनिबार

रेडबुल राष्ट्रिय फुटसल लिगमा बानेश्वर फुटसललाई सफलता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

of1काठमाडौं, ११ कात्तिक । रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत बिहीबार भएका खेलमा बानेश्वर रिक्रियसन फुटसल सेन्टरले विजय हासिल गरेको छ भने कीर्तिपुर र कुमारी फुटसलले बराबरी खेलेका छन् ।

बानेश्वर रिक्रियसन सेन्टरको होम ग्राउन्डमा भएको खेलमा बानेश्वरले अवे टिम इम्पेरियल फुटसललाई ७–४ गोल अन्तरले पराजित ग¥यो ।

बानेश्वर रिक्रियसनका कप्तान मानसाजन राजभण्डारीको प्रेरणामा बानेश्वर इम्पेरियलमाथि हावी भयो । बानेश्वरका लागि सञ्जय श्रेष्ठले ह्याट्रिक गरे भने दिपु लामाले २ र मानसाजन राजभण्डारी र कफ्र्यु रसाइलीले एक/एक गोल गरे ।

इम्पेरियलका सन्देश सिलवालले २ गोल गरे भने किसन अधिकारी र निरज गैरेले एक/एक गोल गरे पनि टोलीलाई हारबाट बचाउन सकेनन् । यस खेलको म्यान अफ द म्याचको उपाधि इम्पेरियल फुटसलका किसन अधिकारी भए ।

लिगमा ४ खेल खेलेको बानेश्वर ७ अंकका साथ समूह एको अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । ४ खेलेको किकअफ फुटसल १२ अंकसहित शीर्ष स्थानमा रहँदा ४ खेलबाट ७ अंक नै जोडेको ह्वाइट हर्स फुटसल गोल भिन्नतामा बानेश्वरभन्दा अगाडि छ ।

त्यसैगरी ४ खेल खेलेको इम्पेरियल ३ अंकका साथ समूहको सातौं स्थानमा रहेको छ । अन्तिम स्थानको आदर्श फुटसलले अहिलेसम्म एक अंक मात्र जोड्न सकेको छ ।

त्यसैगरी कुमारी फुटसल पकनाजोलमा भएको समूह बीको खेलमा कुमारीले कीर्तिपुर फुटसलसंग ३–३ गोलको बराबरी खेलेको छ । खेलमा कीर्तिपुरका लागि यमन महर्जनले २ गोल गरे भने जोन महर्जनले एक गोल गरे । त्यसैगरी कुमारी फुटसलका आशिश तामाङले २ र राजीव लोप्साङले एक गोल गरे । यस खेलको म्यान अफ द म्याच कुमारी फुटसलका आशिश तामाङ भए ।

यो बराबरीसंगै कुमारी फुटसलले ४ खेलबाट ७ अंक जोड्दै समूह बीको तेस्रो स्थानमा रहेको छ भने ४ खेल नै खेलेको कीर्तिपुर ४ अंक जोड्दै सातौं स्थानमा छ । यस समूहमा ताहाचल फुटसल ९ अंकसहित शीर्ष स्थानमा छ ।

एएमए इभेन्टको आयोजनामा होम एन्ड अवेको आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले नगद १० लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही ५० हजार नगद प्राप्त गर्नेछन् ।

भोलिको खेल

हरिसिद्धि फुटसलविरुद्ध ताहाचल फुटसल
समयः दिउँसो १२ः३० बजे
स्थानः हरिसिद्धि फुटसल, हरिसिद्धि

ह्वाइट हर्स फुटसलविरुद्ध रजनी फुटसल
समयः दिउँसो ३ः३० बजे
स्थानः ह्वाइट हर्स फुटसल, सुकेधारा