१९ कार्तिक २०८३, बिहिबार

डेंगु परिक्षणको किट विदेशबाट ल्याईयो, पर्वमा पनि २४ सै घण्टा सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-ministryकाठमाडौं, ११ कात्तिक । डेंगु परिक्षणका लागि आवश्यक पर्ने किट बिहीबार नै भारतबाट ल्याएर चितवन र झापामा पठाइएको छ ।

भारतबाट ल्याईएको ९०० किट मध्ये ४०० ओटा चितवनको जिल्ला जनस्वास्थ्य कार्यालयमा पठाइएको र २०० ओटा झापाको दमक अस्पतालमा पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिनुभयो ।

उहाँले दमक अस्पताललाई थप २०० ओटा किट आम्दा अस्पतालले समेत दिने भएकाले झापा, चितवन सहित डेंगु प्रभावित सवै ठाउमा पर्याप्त मात्रामा किट पुगेको बताउनुभयो ।
वाँकी ३०० भने महाशाखामै संचय गरिएएको छ । डेंगु परिक्षण गर्ने झण्डै ६०० ओटा किट शुक्रबार अमेरिकाबाट पनि ल्याईने भएको छ । शुक्रबार दिउसो ३ बजे सम्म अमेरिकाबाट मगाईएको किट आईपुग्ने आचार्यले बताउनुभयो ।

पछिल्लो समय डेंगु प्रभावित हुनेहरुको संख्या पनि निकै कम भएको उहाँले जानकारी दिनुभयो ।

चितवनमा केहीदिन देखि नयाँमा देखिएको छैन भने झापामा बुधबार २२ जना र बिहीबार ४ जनामा मात्रै देखिएको छ । डा आचार्यले बिहीबार सम्म यसबर्ष देशभरी डेंगु देखिएकाहरुको संख्या ५२५ पुगेको जानकारी दिनुभयो ।

पर्वमा पनि २४ सै घण्टा सेवा

डेंगु प्रभावित क्षेत्रहरुमा चाड पर्वको बेलामा पनि २४सै घण्टा सेवाको व्यवस्था गरिने भएको छ ।

संबन्धीत स्वास्थ्य संस्थाका प्रमुखहरुलाई चाड पर्वको बेलामा पनि उपचारको व्यवस्था गर्न लगाइएको महाशाखाले जनाएको छ ।

चितवन र झापामा बिहीबार पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय स्वयमसेवी आदीको टोलीले लामुखट्टे फैलन नदिने र डेंगु सचेतना कार्यक्रमहरु जारी राखिएको छ ।