परासी, ११ कात्तिक । सरकारले प्रत्येक जिल्ला अस्पताललाई आफ्नै फार्मेसी अर्थात औषधी पसल सन्चालन गर्न निर्देशन दिएपनि जिल्ला अस्पताल नवलपरासीले भने अझै त्यसको तयारी गरेको छैन ।
अस्पतालमा आफनै फार्मेेसी नहुँदा सर्वसाधारण विरामीले निजी मेडिकलमा चर्काे मुल्यमा औषधि खरिद गर्न बाध्य छन भने अस्पतालले प्रदान गर्नुपर्ने निःशुल्क औषधी समेत नपाउने गरिएको गुनासो बढिरहेको छ ।
सरकारले सबै अस्पताललाई नागरिकको सहजताका लागि फार्मेसी सन्चालन गर्न निर्देशन दिएपनि जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा फार्मेसी सन्चालनको लागि तयारी नभएको अस्पतालले जनाएको छ । फार्मेसी सन्चालनका लागि सरकारले बजेट पठाएको छैन भने फार्मेेसी सन्चालन गर्ने जनशक्ति पनि नभएकाले अहिले आफने फार्मेसी सन्चालनको तयारी नभएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डाक्टर मोहम्मद नुरुल होदाले बताउनुभयो ।
फार्मेसी सन्चालनका लागि सरकारले निर्देशिका पनि नपठाएकोले तयारी नगरिएको उहाँले बताउनुभयो ।
जिल्ला अस्पताल विकास समितिकी अध्यक्ष लक्ष्मी क्षेत्रीले भने फार्मेसी सन्चालनका लागि अनौपचारिक छलफल चलेको तर बजेट नआएकाले अहिले फार्मेसी सञ्चालनको तयारी नभएको बताउनुभएको छ ।













प्रतिक्रिया