काठमाडौं, १० कात्तिक । नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको भविश्यबारे भारतले चिन्ता गर्ने अवस्था रहेको बताएका छन् ।
लोकमानविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता हुँदा नेपाल आएर राजनीतिक दलका नेताहरुलाई भेटेका मुनीले दिल्ली फर्केर बुधबार लोकमानविरुद्धको महाअभियोगलाई सामान्य रुपमा व्याख्या गरेका हुन् ।
दिल्ली फर्किएपछि मुनीले कार्कीबारे ट्वीट गरेका छन्– ‘कार्की नेपाली राजनीतिको प्रोडक्ट हो । र, उनलाई नेपाली राजनीतिले नै हृयाण्डल गर्छ ।’
Why should India be worried about Karki's fate in Nepal. Karki is a product of Nepali politics and he will be handled by Nepali politics.
— SUKH DEO MUNI (@SDMUNI) October 26, 2016













प्रतिक्रिया