१ मंसिर २०८३, मंगलबार

केपी ओली एकाएक किन परिवर्तन भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौं, १० कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो संकल्प तोडेका छन् ।

सरकारमा हुँदा नेकपा माओवादी केन्द्रले धोका दिएर आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि ओलीले प्रधानमन्त्री पदबाट हटेलगत्तै प्रचण्ड प्रधानमन्त्री रहञ्जेल सरकारी निवास बालुवाटार नजाने संकल्प लिएका थिए ।

तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा भएको एमाले-माओवादीको आश्चर्यजनक सहकार्यका बीच ओली बुधबार प्रधानमन्त्री प्रचण्डले बोलाएको शीर्ष बैठकमा उपस्थित हुन बालुवाटार पुगे ।

प्रधानमन्त्रीबाट हटेपछि बालुवाटार नजाने पहिलो पूर्वप्रधानमन्त्रीका रुपमा चिनिएका ओलीले आज त्यसलाई तोडेर सबैलाई आश्चर्यमा पारिदिएका छन् । भनिन्छ राजनीतिमा असम्भव भन्ने चीज केही पनि छैन् । आज त्यस्तै भएको छ । आफ्नो संकल्प तोड्दै ओली अचानक बालुवाटार पसे ।

यसअघि पटक पटक प्रचण्डले बोलाउँदा पनि ओली बालुवाटार छिरेका थिएनन् । उनी शीर्ष बैठकमा माधव नेपाल र झलनाथ खनाललाई पठाउँदै आएका थिए । आज ओली बालुवाटार जानुलाई धेरैले प्रचण्ड–ओलीबीचको सम्बन्ध सुधारका रुपमा हेरेका छन् ।