१ मंसिर २०८३, मंगलबार

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच वार्ताः लोकमानको विषयमा के-के भयो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

preachanda-oli-deuba

– विमल योगी

काठमाडौं, १० कात्तिक । समसामयिक विषयहरुमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बुधबार अपराह्न बसेको बैठकमा अख्तियार प्रमुखविरुद्धको महाअभियोग, संविधान कार्यान्वयन, निर्वाचन र संविधान संशोधनबारे छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठोस निर्णय गर्ने भन्दा पनि समसामयिक विषयमा छलफल भएको र मिलेर अगाडि बढ्ने समझदारी भएको बताए । उनले लोकमानविरुद्धको महाअभियोग प्रस्तावबारे पनि छलफल मात्रै भएको बताए ।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा समग्र विषयवस्तुबारे छलफल भएको जानकारी दिँदै मिलेर अगाडि बढ्ने बताए । महाअभियोगबारे सोधिएको प्रश्नमा उनले संसदको महाअभियोग समितिको नतिजापछि कांग्रेसले निर्णय लिने भन्दै बैठकमा सामान्य छलफल भएको जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओली मात्रै थिए ।

प्रधानमन्त्री दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमासिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव र संविधान संशोधनलगायतका बिषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।