कपिलवस्तु, १० कात्तिक । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले संविधानको रक्षा र कार्यान्वयनको लागी जस्तोसुकै मुल्य चुकाउन पनि एमाले तयार रहने बताउनुभएको छ ।
आगामी २०७४ माघ महिनाभित्र देशमा तीन तहको निर्वाचन गर्नुपर्ने भएपनि अहिलेको सरकार गम्भिर नबनेको बताउनुभयो । सरकार गम्भिर नबने पनि एमाले टुलुटुल हेरेर नबस्ने बताउनुभयो । देशमा एमाले नाम गरेको पार्टी पनि छ भन्ने सरकारले बुझोस उहाँले घुमाउरो शैलीमा भन्नुभयो ।
प्रेस चौतारी नेपाल कपिलवस्तुले आज तौलिहवामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले सरकार पक्षले जे गरे पनि हुन्छ भन्ने मानसिकता त्याग्न आग्रह गर्नुभयो । एमाले प्रतिपक्ष दल भएपनि तीन तहको निर्वाचन समयमै सम्पन्न गर्न एमाले जस्तो सुकै भुमिका खेल्न तयार रहेको विश्वास व्यक्त गर्नुभयो ।
समयमा निर्वाचन सम्पन्न गर्न नसक्दा देशमा संबैधानिक संकट आउने हल्ला बाहिर आईरहेको बेला नेता पौडेलले एमाले जुन सुकै ठाउमा भएपनि समयमा चुनाव गराएरै छाड्ने बताउनुभयो ।
निवर्तमान अर्थमन्त्री समेत रहनुभएका नेता पौडेलले देश समृद्ध पार्न सबै एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । जनताबीच लोकप्रिय बजेट ल्याएर चर्चा कमाउन सफल हुनुभएका उहाले बिकास निर्माणमा हुने अनियमिता, ढिलासुस्तीको कलम मार्फत भण्डाफोर गर्न पत्रकार समक्ष आग्रह गर्नुभएको छ ।
यसैबिच बिहान कपिलवस्तु आए लगत्तै नेता पौडेल तिलौराकोटको भ्रमणमा निस्किनुभएको थियो । तिलौराकोटको भ्रमण पश्चात पत्रकार सम्मेलको अधिकांश समय कपिलवस्तुको बिकास निर्माणको बारेमा बोल्नुभएको थियो ।
संसारले चिनेको तिलौराकोट बिकास निर्माणमा निकै पछि परेको भन्दै उहाले गुनासो गर्नुभयो । आफु अर्थमन्त्री हुदा तिलौराकोटको बिकास निर्माणमा करोडै रकम छुट्याएको भन्दै यसको सोहि कार्यान्वयनमा दबाब दिन पत्रकार र जिल्लाबासीलाई अनुरोध गर्नुभयो । साथै अहिलेको बजेटले लुम्बिनी गुरुयोजना निर्माण गरी बजेट छुट्याएको पनि उहाले जानकारी दिनुभयो ।
तिलौराकोटले मात्र नभई यस जिल्ला प्राचिन कपिलवस्तुले पनि परिचित रहेको उल्लेख गर्नुभयो । खेतमा हलो जोत्दा पनि प्राचिन बस्तु भेटिने गरेको प्रसंग निकाल्दै उहाले ऐतिहासिक महत्व रहेको जिल्लाको बिकासमा सबै एक भएर लाग्नुको बिकल्प नभएको बताउनुभयो ।
प्रेस चौतारीका जिल्ला अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा भएको उक्त पत्रकार सम्मेलनमा एमाले लुम्बिनी अञ्चल इन्चार्ज बैजनाथ थारु, जिल्ला अध्यक्ष झविलाल पोख्रेल लगायतको उपस्थिती हरेको थियो । कार्यक्रमको सहजीकरण शाखा सचिव बाबुराम रायमाझीले गर्नुुभएको थियो ।
– दिपक अनुरागीबाट ।












प्रतिक्रिया