१ मंसिर २०८३, मंगलबार

चीनले किन बोलायो बाबुरामलाई ? हिसिला पनि जाँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattrai2

काठमाडौं, १० कात्तिक । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज राति चीन जाने भएका छन् ।

भट्टराईको निजी सचिवालयका अनुसार ग्वाङ्गडोङ्ग प्रान्तका गभर्नर झु जियोदानको निमन्त्रणामा २१ औं शताब्दीको सामुद्रिक सिल्क रोड प्रदर्शनीमा अतिथि वक्ताको रुपमा सहभागी हुन बाबुराम चीन जान लागेका हुन् ।

चीनको गोन्जाओ र ग्वाङ्गडोङ्गमा कात्तिक ११ देखि १४ गतेसम्म प्रदर्शनी हुनेछ ।

ग्वाङ्गडोङ्ग बैयुन अन्तराष्ट्रिय सम्मेलन केन्द्र गोञ्जाओमा हुने कार्यक्रममा ‘वान रोड वान बेल्टले चीन र विश्वको बीचमा समान विजयको अवसर कसरी ल्याउँछ ?’ भन्ने शीर्षकमा भट्टराईले आफ्नो धारणा राख्नेछन् ।

भ्रमणका क्रममा ग्वाङ्गडोङ्ग प्रान्त सरकारका प्रमुख तथा चाइना कम्युनिष्ट पार्टीका प्रतिनिधिहरुसँग भेटघाट हुने कार्यक्रम रहेको छ ।

कार्यक्रमको अवधिमा आर्थिक तथा व्यापारिक लगानी, पर्यटन, संस्कृति र भौतिक पूर्वाधारका क्षेत्रमा नेपाल र चीनबीच सहकार्यको वातावरण निर्माण गर्नेबारे चरणबद्ध छलफल हुने कार्यक्रम रहेको छ ।

ग्वाङ्गडोङ्गमा हुने कार्यक्रमपछि स्वदेश फर्कने क्रममा डा. भट्टराईले कात्तिक १३ गते हङकङमा बस्ने नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

संयोजक भट्टराईसंगै पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख हिसिला यमी पनि उक्त प्रदर्शनीमा सहभागी हुनेछिन् ।