काठमाडौं, १० कात्तिक । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापा मगरले रायमाझी आयोगले दोषी ठहर्याएका लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त किन बनाएको भनेर प्रमुख दलका शीर्ष नेतालाई प्रश्न गरेकी छन् ।
मंगलबारको संसद बैठकमा लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा भइरहेको छलफलमा भाग लिँदै उनले लोकमानलाई अख्तियार प्रमुख बनाउन मरिहत्ते गरेका नेताहरु आज उनलाई महाअभियोग लगाउन कस्सिनु रहस्यमय भएको बताईन् ।
आक्रोशित हुँदै उनले नेताहरुलाई प्रश्न गरिन– ‘लोकमान चोर भए उनलाई सिफारिश गर्ने नेताहरु को हुन् ? लोकमान भारतपोषित भए उनलाई सिफारिश गर्ने नेता को हुन् ? यसको जवाफ जनताले खोजिरहेका छन् ।’
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=EFIbR1GFp5A&feature=share












प्रतिक्रिया