१ मंसिर २०८३, मंगलबार

लोकमान प्रकरणलाई कांग्रेसको संसदीय दलले टुंगो लगाउँछ : मन्त्री लेखक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekha-ji– गणेश उप्रेती

उदयपुर, १० कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भइ छलफलमा गएको महाअभियोग प्रस्तावबारेमा कांग्रेसले हतार गरेर निर्णय नगरेको बताउनुभएको छ ।

महाअभियोगमा के गर्ने भन्ने विषयमा कांग्रेस संसदीय दलले निर्णय गने उहाँको भनाइ छ । नेपाल प्रेस युनियन उदयपुरले गाईघाटमा बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री लेखकले भन्नुभयो, ‘कांग्रेस जनताको भावना अनुसार प्रक्रिया र परिणाममा विश्वास राख्ने पार्टी भएकाले केही दिनपछि ससंदीय दलले निर्णय गर्नेछ ।’

कांग्रेसका नेता समेत रहेका मन्त्री लेखकले आफ्नो पार्टी विधि र प्रकृयाभन्दा बाहिर नजाने बताउनुभयो ।

उहाँले संविधान जारी भैसकेपछि निस्केको असहमतिका स्वरहरूलाई वार्ता र छलफलको माध्यमबाट सहमति गर्न सकिने उल्लेख गर्नुभयो । लेखकले सहमतिमा संविधान संशोधन र परिमाजर्न हुने बताउनुभयो ।

‘संविधान कार्यन्यन नभए मुलुक गम्भिर अवस्थामा जान सक्छ’, मन्त्री लेखकले भन्नुभयो, ‘असन्तुष्ट पक्षका जायज मागलाई संविधान संशोधन गरेर भए पनि सम्बोधन गर्नुपर्छ ।’