काठमाडौं, १० कात्तिक । परराष्ट्रमन्त्री प्रकाश शरण महत नेपाल–भारत संयुक्त आयोगको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन आज नयाँ दिल्ली प्रस्थान गर्नु हुने भएको छ ।
दिल्लीमा हुने बैठकमा नेपालका तर्फबाट महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–भारतका बीचमा विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्था बारेमा बृहत् समीक्षा हुनेछ ।
परराष्ट्रमन्त्री महतले भारतसँग हुने नेपाल–भारत संयुक्त बैठकमा विगतमा भएका सन्धि सम्झौता कार्यान्वयन तथा गण्डक सम्झौताको विषयलाई प्राथमिकताका साथ उठाउने बताइएको छ ।











प्रतिक्रिया