३१ आश्विन २०८३, शनिबार

लोकमानलाई किन नियुक्त गरियो ? प्रचण्ड र झलनाथसँग जवाफ माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramhari

काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गर्नुको जवाफ माग गरेका छन् ।

संसदमा प्रस्तुत लोकमानविरुद्धको महाअभियोग प्रस्तावको छलफलमा भाग लिँदै सांसद खतिवडाले त्यतिबेला लोकमानलाई नियुक्त गर्ने प्रमुख नेताहरु प्रचण्ड र झलनाथ खनाल हुन भन्दै दुबैले संसदबाट जवाफ दिनुपर्ने बताए ।

उनले भने– ‘लोकमानको नियुक्तिका बेला हाम्रो पार्टीबाट सभापति सुशील कोइराला जो अहिले हुनुहुन्न् । तर, त्यतिबेला माओवादीको नेतृत्वमा प्रचण्ड र एमालेको नेतृत्वमा झलनाथ खनाल हुनुहुन्थ्यो । उहाँहरुले यसको जवाफ दिनुपर्छ ।’

उहाँले जनताले श्री ५ ज्ञानेन्द्र त हटाइसकेको बेला लोकमान श्री ६ हुन खोजेको आरोप लगाए । ‘व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका सबै अधिकार आफै प्रयोग गर्न खोजे । देशमा आतंक सिर्जना भएको छ,’ उनले भने– ‘अब हामी महाअभियोग पारित गरेर देखाउछौं ।’