१ मंसिर २०८३, मंगलबार

लोकमानविरुद्धको महाअभियोगलाई सत्तासमीकरणसँग नजोड्न एमालेको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhanubhakta_Dhakalकाठमाडौं, ९ कात्तिक । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलाई सत्तासमीकरणसँग जोडेर नहेर्न आग्रह गर्नुभएको छ ।

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले मंगलबारको संसद बैठकमा प्रस्तुत गर्नुभएको महाअभियोग प्रस्तावको समर्थन गर्दै एमाले मुख्य सचेतक ढकालले लोकमान सिंह कार्कीको विषयलाई सत्तासमीकरण गर्न नहुने बताउनुभएको हो ।

‘लोकमान सिंह कार्कीको आतंकले गर्दा महाअभियोग प्रस्ताव ल्याइएको छ’, उहाँले भन्नुभयो, ‘महाअभियोगलाई अन्यथा नलिन सबै दलहरूलाई आग्रह गर्दछु ।’

माओवादी केन्द्र र एमाले मिलेर महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेकोमा कांग्रेसले आफूसँग छलफल नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

मुख्य सचेतक ढकालले अख्तियार प्रमुख कार्कीले पदको दुरुपयोग गरेर १३ पन्ने सम्पत्ति विवरण भर्न लगाइ आतंक मच्चाएको आरोप लगाउनुभयो ।

‘मन नलागेका राजनीतिककर्मी, १३ पन्नाको फारम भराउने, १० देखि ४ बजेसम्म कार्यालयमा राखेर मानसिक तनाव दिने । १३ पानेमार्फत चुप लगाएर समानान्तर सत्ता चलाउने कार्य भएको छ’, उहाँले भन्नुभयो, ‘मुख्य सचिव सहितका मान्छेहरू १३ पन्ने फारमबाट प्रताडित छन् ।’