काठमाडौं, ९ कात्तिक । एथ्लेटिको मड्रिडका फ्रान्सेली फवार्ड एन्टोनी ग्रिजम्यान स्पेनिस ला लिगाको उत्कृष्ट खेलाडी बनेका छन् ।
स्टार खेलाडी लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई उछिन्दै ग्रिजम्यान पहिलोपटक उत्कृष्ट खेलाडी घोषित भएका हुन् । साथै २००८–०९ को सिजनबाट सुरु भएको यो अवार्ड मेस्सी र रोनाल्डोपछि पाउने पहिलो खेलाडी पनि ग्रिजम्यान बनेका छन् ।
यसअघि मेस्सीले लगातार पाँच पटक यो अवार्ड जितेका थिए भने २०१३–१४ मा रोनाल्डोले जितेका थिए ।
ला लिगाको अवार्डमा एथ्लेटिको मड्रिडकै बर्चश्व रहेको छ । उत्कृष्ट डिफेण्डर डिएगो गोडिन, उत्कृष्ट गोलकिपर ओब्लेक र र उत्कृष्ट प्रशिक्षक एथ्लेटिकोकै डिएगो साइमन बने ।
बार्सिलोनाका लिओनल मेस्सी उत्कृष्ट फवार्ड बने भने लुइस स्वारेज उत्कृष्ट वर्ल्ड प्लेयर बने । रियल मड्रिडका लुका मोडरिक उत्कृष्ट मिडफिल्डर बने । रोनाल्डो भने यो पटक खाली हात रहे ।















प्रतिक्रिया