१ मंसिर २०८३, मंगलबार

लोकमानविरुद्ध यसरी संगठित भए कांग्रेसका युवा नेता, प्रस्तावको पक्षमा जाने सहमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेस सांसद धनराज गुरुङ ।
कांग्रेस सांसद धनराज गुरुङ

काठमाडौं, ८ कात्तिक । नेपाली कांग्रेसका युवा नेता र सांसदहरूले अख्तियारका प्रमुख लोकमान सिंह कार्कीविरुद्ध सार्वजनिक महत्वाको प्रस्ताव पहिलो पटक संसदमा आफूहरूले दर्ता गराएको भन्दै महाअभियोगको प्रस्तावको विपक्षमा जान नहुने धारणा अगाडि सारेका छन् ।

काठमाडौंका नयाँ बानेश्वरमा सोमबार कांग्रेसका युवा केन्द्रीय सदस्य र सांसदहरूको संयुक्त बैठकले लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको विपक्षमा नजान नेतृत्वालाई दबाब दिने सहमति गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिनुभयो ।

‘लोकमान सिंह कार्कीको स्वयच्छाचारिताविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ’, उहाँले भन्नुभयो, ‘गलत मानसिकता र गलत व्यक्तिका पक्षमा कांग्रेस जानु हुँदैन भन्ने पक्षमा सबै नेताहरू हुनुहुन्छ ।’

सांसद गुरुङले भन्नुभयो, ‘लोकमान सिंह कार्कीविरुद्ध पहिलो पटक संसदमा कांग्रेसका सांसदद्वय धनराज गुरुङ र गगनकुमार थापाले जरुरी सावर्जनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । लोकमानलाई अख्तियारबाट फाल्नका लागि कांग्रेसले पहिलो थालनी गरेको थियो । अहिलेको महाअभियोग प्रस्तावलाई पनि पारित गराउन नेतृत्वदायी भूमिका खेल्नु पर्छ भन्ने सुझाव आएको छ ।’

बैठकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा, सुरेन्द्र पाण्डे, प्रदीप पौडेल, सुरेन्द्र चौधरी, गगनकुमार थापासहितका दुई दर्जन बढी युवा नेताहरूको सहभागिता रहेको थियो ।