बुटवल, ८ कात्तिक । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख दलका नेताहरुले आफूलाई भ्रष्टाचारको मुद्दा लाग्ने डरले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव ल्याएको दाबी गरेका छन् ।
सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेता केसीले लोकमानको नियुक्ति जसरी गलत मनसायले आफ्नो सुरक्षाका लागि गरिएको थियो त्यसैगरी महाभियोग प्रस्ताव पनि आएको बताए ।
लोकमानलाई अख्तियार प्रमुख बनाउनु नै गलत थियो भन्दै उनले केही नेताले आफ्नो भ्रष्टाचार लुकाउन र अख्तियारबाट बच्न उनलाई अगाडि सारेको र फेरि डर भएपछि हटाउन कस्सिएको बताए ।
अध्यक्ष केसीले अब महाभियोग प्रस्तावलाई पारित गरेर कार्कीलाई विदा गर्नुको विकल्प नभएकोमा जोड दिए ।












प्रतिक्रिया