१ मंसिर २०८३, मंगलबार

यी हुन लोकमानको पक्षमा वकालत गर्ने काँग्रेसका युवा नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

guru_ghimireकाठमाडौं, ८ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा चर्को बहस भइरहेका बेला नेपाली काँग्रेसका एक युवा नेता भने कार्कीको पक्षमा उभिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरे अख्तियार प्रमुख कार्कीको पक्षमा उभिएका हुन् ।

राजधानीमा जारी नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठकमा बोल्दै युवा नेता घिमिरेले कार्कीको पक्षमा वकालत गरेका हुन् । एमाले र माओवादी लगायतका शक्तिहरुको स्वार्थपूर्तिका लागि लोकमानलाई हटाउन नहुने उनको तर्क थियो ।

लोकमानको विषयमा अन्तिम निर्णय गर्न सर्वोच्च अदालतलाई दिर्ने पर्ने घिमिरेको सुझाव थियो । घिमिरे नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष हुन् ।