१ मंसिर २०८३, मंगलबार

लोकमानको बैतरणी तर्न खोजे काँग्रेस सकिन्छः एमाले सचिव भट्टराई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-bhattarai-tanahu

तनहुँ, ८ कात्तिक । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको बैतरणी तर्न खोजे काँग्रेस पनि सकिने चेतावनी दिएका छन् ।

उनले महाअभियोग जसरी पनि पारित हुने भन्दै काँग्रेसलाई पनि महअभियोगको पक्षमा आउन आह्वान गरे । नेकपा एमाले व्यास नगर कमिटिले सोमबार विहान दमौलीमा आयोजना गरेको बडा दशै, सुभदिपावली, छठ, नेपाल सम्बत र बकर ईद लगायतका पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै भट्टराईले लोकमानले कानुन र संविधान विपरित कार्य गरेको भन्दै एमालेको पहलकदमीमा महाअभियोगको प्रस्ताव दर्ता भएको बताए ।

कानुन भन्दा माथी कोही नभएको भन्दै उनले कानुन विपरित काम गर्ने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । भट्टराईले लोकमानको सम्पत्ती छानविन हुनु पर्ने समेत माग गरे । महाअभियोग पछि लोकमानले विभिन्न शक्तिकेन्द्रहरुको आडमा संबैधानिक अङ्गहरु विच फाटो ल्याउन खोजेको भन्दै यस्तो लफडामा नलागी खुरुक्क राजिनामा दिन लोकमानलाई सुझाव दिए ।

एमाले प्रचार विभागका सदस्य समेत रहेका भट्टराईले मधेस र पाहाडलाई अलग गर्ने संविधान संशोधनको प्रस्ताव कुनै हालतमा पारित हुन नसक्ने ठोकुवा समेत गरे । एमालेले यस्तो प्रस्ताव कुनै हालतमा स्विकार गर्न नसक्ने भन्दै उनले सत्ताको लोभमा काँग्रेस सभापती शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रघाती काम गर्न खोजेको आरोप लगाए । संविधानको कार्यान्वयन गर्न २०७४ माघ भित्रै तिन वटै तहको निर्वाचन अनिवार्य भएको भन्दै भट्टराईले तर काँग्रेस र माओवादी आफु हार्ने डरले चुनाव नगर्ने षड्यन्त्रमा लागेको बताए । अव एमालेको ध्यान निर्वाचन तर्फ केन्द्रीत भएको हुँदा पार्टीका सबै तहले यस्ता सुभकामना कार्यक्रम मार्फत निर्वाचनको वातावरण बनाउनु पर्ने भट्टराईको भनाई थियो ।

व्यास नगर कमिटिका अध्यक्ष मंगलप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले बैकल्पिक केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला इन्चार्ज प्रतापलाल श्रेष्ठ, केन्द्रिय सल्लाहाकार परिषदका सदस्य एकबहादुर राना, जिल्ला अध्यक्ष केदार सिग्देल, पुर्व अञ्चल सदस्य शंकरनारयण श्रेष्ठ, जिल्ला सचिव एवं अनेमसंघकी केन्द्रीय सदस्य भगवती न्यौपानले लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशचन्द्र भट्टराईबाट ।