काठमाडौं, ८ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुस सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा अहिले केही समयपछि बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बैठकमा समग्र मुलुकको पछिल्लो राजनीतिका साथै संविधान कार्यान्वयन, अख्तियार प्रमुखको महाअभियोग प्रस्ताव, निर्वाचनलगायतका विषयमा छलफल हुनेछ ।’
संभवत कांग्रेसले आजको बैठकबाट महाअभियोगमा के गर्ने भनेर निर्णय गर्ने स्रोतको भनाइ छ । ‘कांग्रेसले लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारेमा ठोस निर्णय गर्नेछ’, स्रोतले भन्यो, ‘व्यवस्थालाई चुनौती दिने लोकमान सिंह कार्कीको पक्षमा कांग्रेसले कदापि निर्णय लिँदैन ।’











प्रतिक्रिया