रुकुम, ७ कात्तिक । समृद्ध समाज नेपालको आयोजनामा आजबाट रुकुममा दोुस्रो रुकुम कप फुटबल प्रतियोगिता २०७३ सुरु भएको छ ।
शहिद स्मृति रुक्मिणी रंगशाला रुकुमकोट, रुकुमको रंगशालामा आयोजना गरिएकोे उक्त फुटबल प्रतियोगितामा जम्मा ११ टिमले सहभागिता जनाएका छन् ।
एक औपचारिक उद्घाटन कार्यक्रम मार्फत आज सुरु गरिएको प्रतियोगिताको विजेता समुहले रु. ८० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै उप विजेता हुने समुहले रु.५० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सेमिफाईनल चरणमा पुग्ने समुहले रु.२० हजार नगद पुरस्कार सहित प्रमाणपत्र पाउने भएकोे छ ।
खेल प्रतियोगिताको अवधिभर वेष्ट प्लेयर हुनेलाई रु.५ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरिने छ भने, वेष्ट स्कोररका लागि रु.३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरिने छ ।
त्यस्तै वेष्ट डिफेन्डरलाई रु.३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरिने छ भने, वेष्ट गोलकिपरलाई रु.३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरिने व्यवस्था गरिएको छ । साथै प्रतियोगितामा वेष्ट युथ प्लेयरका लागि रु.३ हजार नगद पुरस्कार, प्रमाणपत्र र मायाँको चिनो प्रदान गरिने बताईएको छ ।
उद्घाटन कार्यक्रम सकिए लगत्तै आजको पहिलो खेल रुक्मेणी उच्च माविको समुह सी र देउराली युवा क्लब बीच प्रर्तिस्पर्धा गराईने आयोजकले जनाएको छ । पाँच दिन सम्म चल्ने सो प्रतियोगिता कार्तिक ११ गते सम्पन्न हुने बताईएको छ ।
गत वर्ष देखि समृद्ध समाज नेपाल रुकुमले जिल्लाका विभिन्न ठाउँलाई लक्षित गरेर थुप्रै खेलकुदहरुको आयोजना गर्दै आईरहेको छ ।
हालसम्म समृद्ध समाज नेपालले यसअघि रुकुम जिल्लामा ठूलो राशिका खेलकुद प्रतियोगिता सम्पन्न गर्ने क्रममा पुरुष–महिला अन्र्तगत भलिबल, फुटबल, गूरिल्ला म्याराथन दौड, र अन्तराष्ट्रिय चेस प्रतियोगिता समेत सम्पन्न गरिसकेको छ ।
खेलकुद मात्र नभई जिल्लाको पर्यटन, शैक्षिक तथा आर्थिक समृद्धिका लागि पनि समृद्ध समाज नेपालले सामाजिक रुपान्तरणका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आईरहेको समृद्ध समाज नेपालका अध्यक्ष सुवोध सिर्पालीले बताउनुभयो ।
















प्रतिक्रिया