काठमाडौं, ७ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भ्यालेन्सियाविरुद्ध लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोना ३–२ गोल अन्तरले विजयी हुँदै लिगको शीर्ष स्थानमा पुगेको हो ।
भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २२ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा घरेलु टोलीले कमब्याक गर्यो र ५२ र ५६ औं मिनेटमा गोल गर्दै २–१ को अग्रता लियो ।
खेलको ६२ औं मिनेटमा लुइस स्वरेजले बराबरी गोल फर्काए । दुबै टोलीबाट गोल हुन नसकेपछि खेल बराबरी उन्मुख थियो । तर, अतिरिक्त समयमा स्वरेजलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो । जसमा मेस्सीले सहजै गोल गरे ।
जितपछि बार्सिलोना ९ खेलबाट १९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड र तेस्रो स्थानमा रहेको रियल मड्रिडको समान १८ अंक छ र दुबैले एक खेल कम खेलेका छन् ।
















प्रतिक्रिया