१ मंसिर २०८३, मंगलबार

सभामुखको कार्यशैलीप्रति कांग्रेस आक्रोशित, व्यवहारमा सधार गर्न चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chinkaji-shrestha-congressकाठमाडौं, ७ कात्तिक । नेपाली कांग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले सभामुख ओनसरी घर्तीले संसदको सबैभन्दा ठूलो दलसँग गम्भीर विषयहरूमा छलफल नै नगरेर संसद स्थगित गर्ने तथा चलाउने जस्तो कार्य गरेर संसदीय मर्यादामाथि प्रश्न चिन्ह खडा गरेको आरोप लगाउनुभएको छ ।

नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मुख्य सचेतक श्रेष्ठले भन्नुभयो, ‘बिहीबारको संसद बैठक स्थगित भएको एसएमएस आयो । त्यो म्यासेज कसले पठाएको हो ? त्यो पनि थाहा छैन । संसदको ठूलो दलसँग कुरा गर्नु पर्दैन ?’

महाअभियोग प्रस्तावपछि सभामुखको कार्यशैलीमा परिवर्तन भएको भन्दै यस्तो क्रियाकलापले संसदीय प्रद्धतिलाई राम्रो नगर्ने चेतावनी दिनुभयो । ‘सभामुखले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘ससदमा हुने सबै गतिविधीहरू पारदर्शी हुनुपर्छ । संसदका दलहरूलाई पूर्व जानकारी दिनुपर्छ ।’

लोकमान सिंह कार्कीसँग डराएर माओवादी र एमालेले सुटुक्क महाअभियोग प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ । ‘लोकमान सिंहसँग डराएर कांग्रेसलाई समेत नभनेर राति महाअभियोग प्रस्ताव दर्ता गरियो’, कांग्रेस मुख्य सचेतक श्रेष्ठले भन्नुभयो, ‘संसदको ठूलो दललाई पूर्व जानकारी नदिनु । छलफल नगर्नुको भित्री रहस्य ठूलो हुन सक्छ ।’