१ मंसिर २०८३, मंगलबार

सांसद साहको सनसनीपूर्ण खुलासा, केपी ओलीलाई प्रधानमन्त्री बनाउन महाअभियोग !

33k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abhishek-pratap-sahaकाठमाडौं, ६ कात्तिक । संघीय समाजवादी फोरम नेपालका युवा नेता तथा सांसद अभिषेक प्रताप साहले महाअभियोग प्रकरण लोकमान सिंह कार्की, कनकमणि दीक्षित, सुशीला कार्की र डा.गोविन्द केसीको व्यक्तिगत टकरावका कारण बल्झिएको टिप्पणी गर्नु भएको छ ।

सांसद साहले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर चार जना व्यक्तिका कारण महाअभियोग प्रकरण आएको खुलासा गरेका हुन् । मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई नियालिरहेको बताएका सांसद साहले भनेका छन्, ‘कनकमणि दीक्षित, डा.गोविन्द केसी, सुशीला कार्की र लोकमान सिंह कार्कीको द्वन्द्वले यो निम्तियो ।’

हुन पनि यसअघि यी चार व्यक्तिले एकले अर्कालाई खेद्ने गरेको भनदै बेला बेला समाचार पनि आइरहेका थिए ।

सांसद साहले केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउनका लागि लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रकरण ल्याएको समेत दाबी गरेका छन् । ‘केही दिन पहिला झलानाथ खनालले भनेका थिए । केपी ओली एक महिनाभित्र फेरि प्रधानमन्त्री बन्ने छन्, लोकमान सिंह कार्कीको विषय कतै सरकार गिराउने षड्यन्त्र तो होइन ?’

abhishek-pratap-saha-aaaएमाले र माओवादी केन्द्र मिलेर संसदमा लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि चार व्यक्तिको टकरावको स्पष्ट द्वन्द्व देखिएको हो ।

उता, हिन्दू युवा जनशक्ति संघ नेपालका अध्यक्ष विकास ठाकुरले पनि लोकमान सिंह कार्की प्रकरणमा पुष्पकमल दाहाल सरकार ढल्न सक्ने अवस्था आउने बताउँछन् ।

‘लोकमान सिंह कार्की पनि एउटा शक्ति हो’, ठाकुर भन्छन्, ‘जनआन्दोलन दमन गरेको अभियोग लाग्दा पनि अख्तियार बन्न सफल व्यक्तिलाई कमजोर ठान्नु हुँदैन ।’ ठाकुरले महाअभियो प्रकरण यत्तिकै सेलाएर जाने पनि दाबी गर्छन् ।