१ मंसिर २०८३, मंगलबार

लोकमान प्रकरणले एमाले र माओवादीमाथि लाग्यो यस्तो आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shekhar-koirala-congressपाल्पा, ६ कात्तिक । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकमानसिंह कार्की प्रकरणलाई अगाडि सारेर संबिधान कार्यान्वयन ओझेलमा पार्ने षड्यन्त्र थालिएको बताउनु भएको छ ।

पाल्पा कांग्रेसले शनिबार तानसेनमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा.कोइरालाले मुलुकलाई जटिलतातर्फ धकेल्न एमाले र माओवादी सक्रिय भएको टिप्पणी गर्नुभयो । ‘यस विषयमा कांग्रेसले निकै सोँचविचार गरेर मात्रै निर्णय गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘कांग्रेस बिधीको शासन र कानूनी राज्यमा विश्वास गर्छ ।’

उहाँले मुलुकको अवस्था, अन्तर्राष्ट्रिय परिस्थिती र संविधान कार्यान्वयनको विषयलाई ध्यान दिँदै यस विषयमा हतारमा निर्णय गरिहाल्न नहुने उल्लेख गर्नुभयो ।

shekhar-koirala-congress-daiनियुक्तिकै समयमा आफूले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन हुँदैन भनेर नेताहरू समक्ष पटक–पटक गरेको आग्रहको कुनै सुनुवाई नभएकै कारण अहिले जटिल परिस्थिती आएको डा.कोइरालाको भनाइ थियो ।

नेता डा.कोइरालाले राष्ट्रिय राजनीतिमा मियो र अभिभावकको भूमिकामा उभिनु पर्ने कांग्रेस गुट र स्वार्थको राजनीतिले थलो परेको बताउनुभयो ।

उहाँले स्थानीय निकाय पुनर्संरचना आयोगले हचुवाको भरमा ल्याएको गाउँपालिकाको संख्यामा कुनैपनि हालतमा सहमत नहुने बताउनुभयो ।