१ मंसिर २०८३, मंगलबार

महाअभियोगविरुद्ध मोदीले मुख खोले, संसदको दुई तिहाइबाट बिदाइ गरिन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

neta_ji_haruकाठमाडौं, ६ कात्तिक । माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन् ।

सांसद मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा उक्त प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे । उनले भने, ‘महाअभियोगको प्रस्ताव फिर्ता हुन्छ वा लिने हल्ला चलाइएको छ, यो गलत कुरा हो, सार्वभौमसत्ता सम्पन्न संसदको क्षेत्रको कुरा हो, यो विषयमा संसदमा छलफल हुन्छ ।’ यद्धपी उनले आफ्नो पार्टी अहिले नेपाली कांग्रेससँगको गठबन्धनको सरकारमा भएकोले काँग्रेसको निर्णय आएपछि मात्रै पार्टीले पनि आधिकारिक निर्णय बाहि ल्याउने जनाए ।

एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् ।

गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पु¥याझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उनको आरोप थियो । उनले अघि थपे,‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चूनौति दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो ।’

मधेशी मोर्चाका प्रभावशाली नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमानविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रसताव मोर्चाको लागि हर्ष न् विष्मात् भएको टिप्पणी गरेका छन् ।

यादवले किन यसरी हतारिएर महाअभियोग प्रस्ताव ल्याईएको भन्दै प्रश्न समेत गरे । उनले ठूला पार्टीहरुले मधेशी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाए ।

उनले अघि थपे,‘अहिलेको ज्वलन्त समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीन वटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउने ठूलो कुरा हो, तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।’