१ मंसिर २०८३, मंगलबार

श्रीमानको हत्या अभियोगमा पत्नी पुगिन् कारागार, ज्यान मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail630x350धनगढी, ६ कात्तिक । श्रीमानको हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कतर्व्य ज्यान मुद्दा दर्ता गरेको छ ।

मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी मारेको देखिएकाले बिहीबार पक्राउ परेका दुबैजना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिहीवार ३९ वर्षीय नारायण उपाध्यायकोे मृत्यु भएपछि उनको शव अन्तिम दाहसंस्कारका लागि मोहना नदीघाटमा लगिएको थियो । मृतककोे नाक र कानवाट रगत देखिएको खबर प्रहरीलाई प्राप्त हुनासाथ चितामा राख्न लागिएको शवलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिई स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल पुगाइएको थियो ।

मोहना नदीघाट लैजाँदा बाटोमा मृतकको नाक र मुखबाट रगत बगेको तथा घाँटीमा निलडाम देखिएपछि मृतकका दाजु जीवलाल उपाध्यायले प्रहरीमा जाहेरी गरेका थिए । रासस