काठमाडौं, ६ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावसँगै संकटमा परेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको हेडक्वाटर बैठक बोलाएका छन् ।
काठमाडौंको लाजिम्पाटस्थित निवासमा आज बिहान ११ बजेपछि बस्ने बैठकमा महाअभियोग प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।
स्रोतका अनुसार दाहालले महाअभियोग प्रस्तावका विषयमा अब राजनीतिक सहमति खोज्ने प्रस्ताव अगाडि बढाउने बुझिएको छ ।
बैठकमा एमालेसँग गठबन्धन गरेर महाअभियोग प्रस्ताव संसदमा दर्ता गराउन पहल गर्ने उर्जामन्त्री जनार्दन शर्मालाई कारबाही गर्न उठेको आवाजका विषयमा समेत छलफल हुने बुझिएको छ ।











प्रतिक्रिया