रुकुम, ५ कात्तिक । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विषयमा कांग्रेसले अलमल नगरेर महाअभियोग प्रस्तावमा समर्थन जनाउनु पर्ने बताउनुभएको छ ।
रुकुमको मुसिकोट खलंगामा एमाले जिल्ला कमिटीको शुक्रबार ११औं पूर्ण बैठकको उद्घाटन गर्दै ज्ञवालीले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने प्रस्तावमा कांग्रेसले सहयोग गर्नै पर्ने बताउनुभयो ।
‘अदालतको समेत अपमान गर्ने लोकमान सिंह कार्कीबिरुद्ध एमाले र माओवादी केन्द्र मिलेर महाअभियोग प्रस्ताव ल्याएका छन्’, उहाँले भन्नुभयो, ‘कांग्रेस बाध्य भएर महाअभियोग प्रस्तावको सर्मथनमा आउनुपर्छ ।’
यदि कांग्रेसले अलमल गरे उसले नेपाली राजनीतिक इतिहाँसमा ठूलो क्षति व्यहोर्नुपर्ने एमाले उपाध्यक्ष ज्ञवालीको चेतावनी थियो ।












प्रतिक्रिया