३१ आश्विन २०८३, शनिबार

फिफा वरीयतामा नेपाल १ सय ८६ स्थानमा, अर्जेन्टिना पहिलो स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fifaकाठमाडौं, ४ कात्तिक । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको यस महिनाको वरीयतामा भुटानले आफ्नो स्थितिलाई फेरि मजबुत बनाएको छ ।

भुटान फिफा वरियतामा १० स्थानमाथि उक्लिएको छ । भुटानले नेपाललाई आफूभन्दा धेरै तल पारेको छ ।

बिहीबार सार्वजनिक वरीयतामा भुटानले १ सय ७९ स्थान ओगटेको छ । नेपाल भने गत महिनाकै स्थानमा छ । नेपाल १ सय ८६ स्थानमा छ ।

नेपाली फुटबलमा विवाद सुरु भएपछि भुटानले फिफा वरीयतामा नेपाललाई उछिनेको हो । दक्षिण एसियाली क्षेत्रमा भारतले पनि ठूलो फड्को मारेको छ ।

भारतले ११ स्थानमाथि उक्लिदै दक्षिण एसियामा नम्बर १ टिम बन्न सफल भएको छ । भारत अहिले फिफा वरियता १ सय ३७ औँ नम्बरमा छ ।

अफगानिस्तान चार स्थानमाथि उक्लिएको छ । वरियतामा अफगानिस्तान १ सय ४० स्थानमा छ । तेस्रो स्थानमा माल्दिभ्स छ । माल्दिभ्स सातौं स्थानमाथि उक्लिएको छ ।

माल्दिभ्स १ सय ५८ स्थानमा छ । पाँचौ स्थानमा नेपाल र छैटौं स्थानमा बंगलादेश छ ।

बंगलादेश ३ स्थान तल झरेपछि वरीयतामा नेपालभन्दा तल पर्न पुगेको हो ।

सातौं स्थानमा रहेको श्रीलंका पनि एक स्थान तल झरेको छ । श्रीलंको वरीयता १ सय ९४ र पाकिस्तानको १ सय ९७ स्थान छ ।

पाकिस्तान पनि तीन स्थान तल झरेको छ । फिफा वरियतामा यो वर्ष पनि अर्जेन्टिना शीर्षस्थानमा छ । – एजेन्सीको सहयोगमा