३१ आश्विन २०८३, शनिबार

भुजी लिग फुटबल शुक्रबारदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, २ कात्तिक । लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा छैटौं भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक मनोजकुमार सुनुवारले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । लिग कम नकआउट पद्धतिमा हुने प्रतियोगिताका खेलहरु रामेछापको भुजी खेल मैदानमा खेलाइने छ ।

विजेताले भुजी लिग ट्रफीसहित ५१ हजार ५ सय नगद पुरस्कार, पदक र प्रमाण पत्र प्राप्त गर्ने छ । १ केजी चाँदी र १ तोला सुनबाट निर्मित भुजी लिग ट्रफी ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा कार्यरत र अवकाश प्राप्त स्थानियहरुले प्रायोजन गरेका हुन् । दोश्रो हुने टिमले २५ हजार ५ सय नगद, पदक र प्रमाण पत्र तथा तेश्रो हुनेले १३ हजार ५ सय नगद, पदक र प्रमाण पत्र पाउने छन् ।

उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डर तथा सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिने छ । स्थानिय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानिय उदीयमान खेलाडीलाई ट्रफी र ५ हजार नगदबाट पुरस्कृत गरिने छ । सेमिफाइनलदेखि ‘म्यान अफ द म्याच’ लाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

भुजी गाविसमा फुटबल प्रतियोगिताको सुरुआत २०५५ सालदेखि सुरु भएपनि भुजी लिगको नाममा २०६८ सालदेखि फुटबल प्रतियोगिता आयोजना गर्न थालिएको आयोजकले जनाएको छ । फाइनल कात्तिक १२ गते हुनेछ ।