३१ आश्विन २०८३, शनिबार

अमेरिकी धावक टायसनकी छोरीको गोली लागेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

murderलसएञ्जलस, १ कात्तिक । अमेरिकी धावक टायसन गेकी १५ वर्षीय छोरी बेटी ट्रिनिटीको गोली लागेर निधन भएको छ ।

टायसनका एजेन्ट मार्क वेटमोरले एपीलाई दिएको जानकारी अनुसार बेटी ट्रिनिटी गेको युनिवर्सिटी अफ केन्टुकी मेडिकल सेन्टरमा आइतबार गोली लागेर निधन भएको हो ।

आइतबार बिहान करिव ४ बजे केन्टुकी विश्वविद्यालय नजिकैको एउटा रेस्टुरेन्टको पार्किङ क्षेत्रमा दुई वटा गाडीबीच गोलीको आवाज सुनिएको थियो ।

प्रहरीले तत्कालै पाएको सूचनाको आधारमा गाडीलाई समातेको र त्यसमा बसेका दुई व्यक्तिसँग सोधपुछ भइरहेको बताइएको छ ।

प्रहरीले दुई गाडीको बीचमा भएको गोली हानाहानको घटनामा टायसनकी छोरी पनि कुनै एउटा गाडीमा बसेको हुन सक्ने आशंका गरेको छ ।

टायसनले पछिल्लो तीन ओलम्पिकमा अमेरिकी टोलीको नेतृत्व गरेका थिए ।

उनी सन् २०१२ को लन्डन ओलम्पिकमा ४ दशमलव सय मिटर रिले जित्ने अमेरिकी टोलीको सदस्य थिए । सन् २०१३ मा स्टेरोयड प्रयोग गरेको आरोपमा उनीसँग पदक खोसिएको थियो । – एजेन्सी